ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

१४ असार

नेपालको लागि वार्षिक औसतमा ११ लाख मेट्रिक टन मलको आवश्यता हुन्छ तर नेपालमा तीनदेखि पाँच लाख मेट्रिक टनसम्म मात्र मलको आपूर्ति हुँदै आएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको स्याङ्जा तथा पूर्वी नवलपरासीमा मल पठाउने गरेको छ ।
अहिले कार्यालयमै मलको अभाव रहेको छ भने केही ट्रक वीरगञ्जबाट आउनुपर्नेमा बुटवल–नारायणगढको बाटोको कारण आउन नसक्दा पनि समस्या भएको त्यहाँका निमित्त कार्यालय प्रमुख सुमन पन्थीको भनाइ छ ।
कृषि सामग्री कम्पनी भैरहवाको लागि चालु आर्थिक वर्षमा ५६ हजार ५६ दशमलव ४५ मेट्रिक टन यूरिया र ३९ हजार नौ सय २३ दशमलव ४५ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा हालसम्म ४७ हजार आठ सय सात दशमलव सात मेट्रिक टन युरिया र ३१ हजार एक सय ९९ दशमलव चार मेट्रिक टन डिएपी मल वितरण भइसकेको छ । कम्पनीको गोदाममा १० गतेसम्म लुम्बिनी प्रदेशको लागि एक हजार नौ सय ८३ दशमलव दुई मेट्रिक टन युरिया र दुई हजार दुई सय ४३ दशमलव तीन मेट्रिक टन डिएपी मौज्दात रहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी दिनुभयो ।
यता कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले हालसम्म ३२ हजार आठ सय २१ मेटिक टन मल आवश्यक रहेकोमा १५ हजार छ सय ६७ मेट्रिक टन मात्रै सहकारीमा पुगेको जानकारी दिनुभयो । उहाँले आवश्यकताको ४७ दशमलव ६ प्रतिशत मात्रै वितरण भएको जानकारी दिनुभयो ।
केही आउनेक्रममा रहेको बताउनुभयो । नेपालभरमा आवश्यक मलमध्ये मधेशपछि लुम्बिनीमा धेरै खपत भइरहेको कार्यक्रममा जानकारी दिइयो । लुम्बिनीमा देशभरको २० दशमलव ६ प्रतिशत खपत भइरहेको छ । जसमा युरिया २० दशमलव ६३ अर्थात ६४ हजार नौ सय ८४ दशमलव ५ मेट्रिक टन, डिएपी २१ दशमलव ११ अर्थात् ४२ हजार सात सय ४७ मेट्रिक टन र पोटास २० दशमलव ७९ अर्थात् चार हजार छ सय ७७ दशमलव ७५ मेट्रिक टन खपत भइरहेको छ ।
राष्ट्रिय धान दिवस मनाउने तयारीमा जम्मा १० प्रतिशत धानरोपाई
लुम्बिनी प्रदेशमा कूल धान रोपाइँ हुने क्षेत्रफलको यही असार ६ गतेसम्म जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कुल छ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । यसमध्ये तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तर अहिलेसम्म २९ हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तले जानकारी दिनुभयो ।
सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ । यहाँ छ हजार पाँच सय २५ हेक्टरमध्ये पाँच हजार तीन सय १८ हेक्टरमा धान रोपाइँ सकिएको छ । यस्तै, रोल्पामा चार हजार पाँच सय ४७ हेक्टरमध्ये एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४० प्रतिशत धान रोपाइँ सकिएको छ । २० हजार चार सय हेक्टरमध्ये आठ हजार एक सय ९२ हेक्टरमा धान रोपाइँ सकिएको छ ।
रुकुमपूर्वमा तीन सय ५४ हेक्टरमध्ये एक सय छ, पाल्पामा आठ हजार दुई सय १० मध्ये चार सय ११ हेक्टरमा रोपाइँ सकिएको छ । यस्तै, रुपन्देहीमा ६० हजार पाँच सय ६७ मध्ये छ हजार ५८,
प्रदेशमा सबै भन्दा बढी धान रोपाइँ हुने जिल्ला
सबै भन्दा बढी धान रोपाइँ हुने क्षेत्र रहेको कपिलवस्तु, दाङ,बर्दिया र बाँके जस्ता जिल्लामा अझै पनि अधिकांश खेतहरु बाँझै रहेका छन् ।
कपिलवस्तुमा ६५ हजार आठ सय ७१ हेक्टरमध्ये पाँच सय २७ हेक्टर अर्थात १ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयको तथ्यांकले देखाउँछ ।
दाङमा ३७ हजार दुई सय २५ मध्ये एक हजार चार सय ८९ हेक्टरमा रोपाइँ सकिएको छ । यसैगरी बाँकेमा गएको शुक्रबारसम्म रोपाइँ नै शुरु हुनसकेको छैन । बाँकेमा ३४ हजार सात सय ११ हेक्टर जग्गामा धानखेती हुने गरेको छ । बर्दियामा ५० हजार एक सय ५० हेक्टरमध्ये चार हजार दुई सय ६३ हेक्टर, गुल्मीमा सात हजार पाँच सय ३९ मध्ये तीन सय ९१ र अर्घाखाँचीमा छ हजार सात सय ६० हेक्टरमध्ये छ सय ७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
लुम्बिनी प्रदेशमा कुल खेतीयोग्य जमिन पाँच लाख ३९ हजार चार सय ४३ हेक्टर रहे पनि धान खेती तीन लाख ११ हजार हेक्टरमा हुने गरेको छ । सरदर ११ लाख ८५ हजार चार सय ९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा दुई लाख ७६ हजार आठ सय १९ हेक्टर क्षेत्रफल मात्र सिञ्चित क्षेत्रफलको रुपमा रहेको छ । कूल ग्रार्हस्थ उत्पादनमा १४ दशमलव ८ प्रतिशत योगदान गरेको लुम्बिनी प्रदेशमा कृषि गणना २०६८ अनुसार छ लाख ९२ हजार नौ सय ८२ कृषक परिवार संख्या रहेको छ ।
ढिलो रोपाई हुनुको कारण
रोपाइँ ढिलो हुनुमा पानी नपर्नु मात्र एक कारण होइन । किसानले समयमा मल पाएनन्, इन्धनको मूल्य बढ्दा पनि अधिकांश किसानले समयमै खेत जोत्न सकेनन् । खेत जोत्न देखि लिएर पम्पिङ्ग सेटबाट तानेर खेतमा पानी लगाउन अत्यन्तै महंगो पर्ने भएको हुनाले समयमै खेत रोप्न नसकेको किसानको गुनासो छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *