पुजा हलुवाई
तुलसीपुर, ४ बैशाख
लुम्बिनी स्मार्ट स्कुल तुलसीपुर ९ दोघरेमा फुटसल ग्राउण्डको उद्घाटन गरीएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उक्त बिद्यालयको कम्पाउण्ड भित्र सुबिधा सम्पन्न फुटसल ग्राउण्डको उद्घाटन गर्नुभएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मोहन सुनारले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,यसै आर्थिक बर्षदेखि हिमालयन ईङलिस बोडिङको नामबाट परिवर्तन गरि लुम्बिनी स्मार्ट स्कुल नामाकरणका लागि अनुमतिको प्रक्रिया पुरा गरी सञ्चालनमा ब्यापक तयारीका साथ जुटेको यस बिद्यालयले बिद्यार्थी मैत्री शिक्षण सिकाईलाई पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
फुटसल ग्राउण्डको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै नगरप्रमुख खडकाले नयाँ प्रबिधि शिक्षण सिकाई र बालमैत्री शिक्षण सिकाई आधुनिक युगको आबश्यकता रहेको बताउनुभयो । उहाँले यस बिद्यालयको अनुमतिकै लागि फुटसल ग्राउण्डको उद्घाटन मात्र नभई आफु र आफ्नो साथमा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत केशवराज पाद्र्ये,बिभिन्न वडा अध्यक्ष र शिक्षा शाखाका अधिकृत मनबहादुर खड्का समेतको टोली आईपुगेको बताउनुभयो । हाल तुलसीपुर उपमहानगरपालिकामा ४ वटा बिद्यालयको अनुमतिको फाईल रहेका र अब केहिदिन भित्र प्रक्रिया पुरा हुने बताउनुभयो ।
बिद्यालयका प्रिन्सीपल बामदेव सापकोटाले नँया योजना र रणनीतिमा शैक्षिक गतिबिधि सञ्चालन गरीने बताउनुभयो । उहाँले भन्नुभयो, कक्षा ५ सम्म नर्मल र स्पेसल डे कियर प्याकेज गरी दुई प्रकारको ब्यबस्थापनमा जुटेका छौ । त्यस्तै, बिद्यालयमा ए बि एल अर्थात एक्टीभ,लर्निङ र बेसिक,मनोसामाजिक समस्याका लागि बिज्ञ चिकित्सकको उपलब्धता तथा परामर्श, आईजेनिक क्यान्टीन अर्थात क्यान्टीनमा स्वच्छ खाना, आन्तरिक मूल्यांकन,बिभिन्न खेलकुद प्रतियोगीता,नृत्य,स्मार्ट बोर्ड र बिद्यार्थीहरुलाई दुर्घटना बिमा लगायतको सुबिधा ब्यबस्था रहेको प्रिन्सीपल सापकोटाले जानकारी दिनुभयो ।
यसैबिच आजै शुक्रबार उद्घाटन गरिएको फुटसल ग्राउण्डमा भएको जनप्रतिनिधि र पत्रकारहरु बीचको प्रतियोगीतमा जनप्रतिनिधिको समुहले ५ गोलले बिजयी भएको छ । प्रतियोगीतमा पत्रकार समुहले ३ गोल प्रहार गरेको थियो । बिजयी जनप्रतिनिधिलाई कप,मेडल र प्रमाण पत्र बितरण गरिएको थियो ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मोहन सुनारको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खडकाको प्रमुख आथित्यतामा भएको थियो भने कार्यक्रमको सहजिकरण बिद्यालयका कार्यक्रम निर्देशक कमल भण्डारीले गर्नुभएको थियो । त्यसअवसरमा माल्दीभसमा हालै सम्पन्न अन्तराष्ट्रिय फुटवल प्रतियोगीतामा उत्कृष्ट खेल प्रर्दशन गर्ने दाङ तुलसीपुरका बिशाल लाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

