असार २०

फिफा विश्वकप फुटबलमा निक्कै प्रतिस्पर्धात्मक खेलमा केब भर्डेलाई हराउँदै साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको नकआउट खेलमा केब भर्डे अर्जेन्टिनासँग ३–२ गोलले पराजित भयो ।
खेलको निर्धारित समय एकरएकको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो । निर्धारित समयको पहिलो हाफमा २९औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन ।
खेलको ५९औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्कायो । उसका रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गरे । त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जीत निकाल्दै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो ।
खेलको ९२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसको केही बेरमै १०३ औं मिनेटमा सिड्नी लोपेज काब्रालले गोल गर्दै केप भर्डेलाई २–२ को बराबरीमा पुर्याए । तर १११ औं मिनेटमा केप भर्डेका डिनेयको उपहार गोलमा अर्जेन्टिनाले ३–२ को अग्रता लियो ।
लियोनल मेसीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोले हेडिङ प्रहार गर्दा डिनेयलाई लागेर गोल हुन पुगेको थियो । पहिलोपटक विश्वकपमा सहभागिता जनाएको केब भर्डेले विश्व विजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गर्यो ।
यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले आजको एकसहित ७ गोल गरिसकेका छन् । अब अर्जेन्टिनाले अन्तिम–१६ मा इजिप्टसँग खेल्नेछ ।
विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान सवा ७ बजे कोलम्बिया र घाना खेल्दैछन् । यो खेल अमेरिकाको कन्सास सिटी रङ्गशालामा हुँदैछ ।

यसअघि गएराति भएको खेलमा पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *