ब्रेकिङ न्युज
Wed. Mar 11th, 2026

तुलसीपुर,१५ पुस

तुलसीपुरमा सोमबार बृहत खेलकुद प्रतियोगिताको समुदघाटन गरिएको छ । नेशनल प्याब्सन दाङको आयोजनमा सोमबारदेखि शुरु गरिएको खेलकुद प्रतियोगिताको समुदायघाटन तुलसीपुर स्थीत अरनीको मैदानमा औपचारिक कार्यक्रमका बिच समुदघाटन गरिएको हो । १२ वटा स्कुलका बिद्यार्थी बिच पुस १५ र १६ गते प्रतियोगीतामा प्रतिस्पर्धा भने बेल्झण्डी स्थीत खेलकुद मैदानमा हुने आयोजक नेशनल प्याब्सनका जिल्ला अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिनुभयो ।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता एबम नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकासचन्द्र खड्काको प्रमुख आतिथ्यतामा समुुदघाटन कार्यक्रम अघि सहभागि बिद्यालयहरुले झाकी प्रदर्शन गरेका थिए । अरनीको मैदानमा औपचारिक कार्यक्रममा सहभागि हुनु अघि झाकी सहित तुलसीपुर बजारमा परिक्रममा गराईएको थियो ।
सो अवसरमा एन प्याब्सनका केन्द्रीय महासचिव प्रकास चन्द्र खड्का,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनील के.सी.तयाक्याण्डो संघ लुम्बिनी अध्यक्ष बिमल रिजाल, मानव अधिकारकर्मी सुशील बस्नेत,केन्द्रिय सदस्य बिमल गौतम,नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायणी रजौरे,रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, समाज सेवी बिनोद शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा चर्चित गायीका प्रीति आलेको प्रस्तुति रहेको थियो ।
समुदघाटन कार्यक्रममा स्वागत मन्तब्य नगर अध्यक्ष लोकन्द्र बहादुर खड्काले र सहजिकरण सचिव हरि प्रसाद भण्डारीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *