मंसिर २८

गत मंसिर १ गतेदेखि काठमाण्डौको त्रिवि क्रिकेट रङ्गशालामा शुरू भएको प्रतियोगिता हिजो शनिबार फाइनल खेलसँगै समापन भएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको प्रतियोगितामा आठ टोली सहभागी थिए । साविक उपविजेता सुदूरपश्चिम रोयल्स र पहिलो पटक फाइनलमा पुगेको लुम्बिनी लायन्स उपाधिका लागि खेले । सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएल क्रिकेटको दोस्रो सिजनको विजेता बन्न सफल भएको छ । फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता बन्यो । अघिल्लो संस्करणमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको थियो ।
हिजोको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभर १ बलमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो । एनपीएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर पनि हो । सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका रुबेन ट्रम्पलमन र सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् ।
लुम्बिनीले उपाधि जितेको खेलमा प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनी लायन्सका रोहित पौडेलले ओमोडा कार प्राप्त गर्नुभएको छ । त्यस्तै उत्कृष्ट ब्याटर पनि बनेका उनले पल्सर बाइक पनि प्राप्त गर्नुभयो । रोहितले समग्रमा २७६ रन बनाउनुका साथै १० विकेट पनि लिनुभयो । यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित हुनुभयो । उहाले १७ विकेट लिएका थिए । बोहराले दुई लाख रुपैयाँ पाउनुभएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका रुबेन ट्रम्पलमन हुनुभयो । उहाले १५ विकेट लिनुभयो । पुरस्कार ५ लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने बन्नुभयो । उहाले पल्सर बाइक प्राप्त गर्नुभयो ।
लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित हुनुभयो । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित हुनुभयो । उहाले पल्सर बाइक प्राप्त गर्नुभयो । हिजो भएको फाइनल खेलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन हुनुभयो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *