पुजा हलुवाई
तुलसीपुर, ५ बैशाख
घोराही उपमहानगरपालिका वडा नम्वर ३ भानपुर,बर्गदवामा ३ महिना अघि शुरु गरीएको संजीवनी टिचिङ हस्पिटलले ३ बिशिष्कृत सेवा सञ्चालनको तयारीमा जुटेको बताएको छ । तुलसीपुरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी न्यूरो सर्जरी,न्यूरो लोजोष्टि र कार्डिलोजिष्ट सेवा सञ्चालनको तयारीमा जुटेको बताएको हो । अस्पतालका सि.ई.ओ. दिपक रोकाका अनुसार यी बिशिष्टकृति सेवा अबको केही दिनमा सञ्चालन हुने बताउनुभयो । त्यति मात्र नभई अस्पतालमा एन.आई.सि.यू, पी.आई.सी.यू, आई.सी.यू. लगायतका आधुनिक प्रबिधि झण्डै ५० बढि जडान गरिएको छ ।
हस्पिटले बिरामीहरुको सुबिधाका लागि नि शुल्क बस सेवा समेत सञ्चालन गरेको अस्पतालका ब्यबस्थापक मदन पन्थीले जानकारी दिनुभयो । जिल्लाको तुलसीपुर क्षेत्र, दंगीशरणको बागर, सीतलपुर, देउखुरीको सिसहनीयादेखि बहादेवा, गढवा, लमही चोक,भालुवाङ, घोराही चोक र ट्राफिक चौकदेखि अस्पताल सम्म सञ्चालन गरिएका छन् । त्यस्तै अस्पतालमा स्वास्थ्य जाँच र उपचार पछि बेलुकी ४ बजे फर्कन बसेको सेवाको ब्यबस्था गरिएको उहाँले बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डीयन बाचसपति सुबेदीका अनुसार कम्तिमा एक सय जना बिरामी सेवा लिन आउने गरेको बताउनुभयो ।
त्यस्तै अस्पतालमा ५ सय बेडको क्षमता भएतापनि ३ सय बेड सञ्चालनको अबस्थामा रहेको बताउनुभयो ।
डाक्टर रविन आचार्यले अस्पतालले सुन्य रिफरको नीति अबलम्बन गर्दै सोही अनुसारको सेवा दिन शुरु गरेको बताउनुभयो । बिशेषज्ञ चिकित्सक,चिकित्सक,नर्स लगायत साँढे ३ सय बढि कार्यरत अस्पताल गत माघ २८ गतेदेखि सञ्चालमा आएको हो ।

