क्षयरोगीको पहिचानमा तुलसीपुर, अवको दुई बर्षभित्र मुक्त पालिका

प्रबृत्ति शाह
तुलसीपुर,२२ जेठ

तुलसीपुर उपमहानगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणाको अभियान शुरु गरीएको छ । नेपाल सरकारले आगामी २०९१ /९२ सम्म अर्थात सन् २०५० सम्म देशभर क्षयरोगको अन्त्य गर्ने तयारी गरेको छ ।
बि.स. २०७८/७९ मा तुलसीपुर उपमहानगरपालिका समेत देशका २५ पालिकामा यो अभियान शुरु गरिएको हो । जसमा दाङ जिल्लाका गढवा र राप्ती गाँउपालिका पनि यो अभियानको पहिलो चरणमा छनौटमा परेका हुन । त्यसपछि २०७९/८० मा एक सय वटा पालिका, २०८०/८२ मा १ सय ४९ वटा पालिकामा क्षयरोग अन्त्य अभियान शुरु गरिएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत शिव प्रसाद तिवारीले जानकारी दिनुभयो ।
शुक्रबार युवा,नागरिक समाज र सरोकारवालाहरुसंगको अभिमुखिरकरण कार्यक्रममा २०७८ देखि शुरु गरिएको अभियानलाई अवको २ बर्ष भित्र अन्तीम रुप दिई पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गरिने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाले जानकारी दिनुभयो । उहाँले उपमहानगरपालिकाले मात्र यस्ता अभियानामा एक्लै गरेर सार्थक परिणाम नआउने बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख ओमप्रकास न्यौपानेले लुम्बिनी देशमा अनुमानित क्षयरोगीको संख्या ६७ हजार, लुम्बिनी प्रदेशमा ११ हजार ८ सय ३५ र दाङमा १ हजार ६ सय ६ जना रहेको जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकामा मात्र ४ सय ४९ जना क्षयरोगी भएको उहाँले बताउनुभयो । न्यौपानेका अनुसार हाल तुलसीपुरमा पहिचान भएका २ सय १२ जना क्षयरोगी रहेका छन् ।
यसको अबस्था बिश्लेषण गरि उपमहानगरपालिकाले चालुृ आर्थिक बषृको लागि लक्षित १ लाख ८६ हजार २ सय २९ जना चेक जाच गरिने बताउनुभयो ।
कोभिड १९ का कारण १२ हजार जनाको मृत्यु भएको छ भने क्षयरोगका कारण त्यो संख्या भन्दा बढि १८ हजार २ सय २० जनाको मृत्यु भएको स्वास्थ्य अधिकृत बिमल के.सी.ले जानकारी दिनुभयो । यो संख्या बिश्वभरमा मृत्यु भएको बताउनुहुदै के.सी.ले क्षयरोग गम्भीरता देखाउँछ तर पनि यसलाई वेवास्ता गरिएको छ ।
के.सी.ले भन्नुभयो एच.आई.भी. संक्रमण,कुपोषण,मधुमेह,धूम्रपान र मदिरा सेवन गर्ने ब्इक्तिहरुमा क्षयरोग विकसित हुने सम्भाना धेरै उच्च हुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *