ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

दुईदिने बिदाको निर्णयले बिरामी थप मर्कामा पर्ने भएकाले निर्णय पुनर्विचार गर्न आग्रह

चैत्र २८

सरकारको दुईदिने बिदा निर्णयले सरकारी अस्पतालहरूका बिरामी मर्कामा परेको संकेत देखिएको छ । बिरामी थप मर्कामा पर्ने भएकाले निर्णय पुनर्विचार गर्न चिकित्सक र उपभोक्ता अधिकारकर्मीहरूले सरकारलाई आग्रह गरेका छन् । बिरामीको चाप बढेर शल्यक्रिया तथा अन्य सेवामा ढिलाइ हुने चिन्ता बढेको छ। विशेषगरी गरिब तथा टाढाबाट आएका बिरामीहरूलाई सेवा पाउन थप समस्या हुने देखिएको छ।
स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा निरन्तर रहने दाबी गरे पनि ओपीडी लगायतका नियमित सेवामा असर पर्ने चिकित्सकहरूको भनाइ छ।
खाडी युद्धले विश्वव्यापी इन्धन संकट देखिएको भन्दै हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने सरकारको निर्णयले सरकारी अस्पतालका बहिरंग विभाग (ओपीडी) मात्र नभएर अन्य सेवामा पनि थप चाप बढेको छ । यसले पूर्वनिर्धारित शल्यक्रियाहरू पनि थप ढिलो हुने देखिएको छ । ‘
१६ फागुनदेखि जारी खाडी युद्धका कारण विश्वव्यापी रूपमै उत्पन्न इन्धन संकट देखाएर सरकारले चैत २३ गतेदेखि लागू हुने गरी दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयपछि सरकारी कार्यालयहरू सातामा दुई दिन बन्द र बाँकी पाँच दिन बिहान ९ देखि ५ बजेसम्म खुल्नेछन् ।
सरकारको पछिल्लो निर्णयपछि राजधानीका अस्पतालहरूले सेवा प्रवाहको नयाँ तालिका अझै सार्वजनिक गरिसकेका छैनन् । तर, चिकित्सकहरू यो निर्णयले सार्वजनिक अस्पतालहरूमा शल्यक्रियाको चाप बढ्ने र त्यसले लामो समयदेखि पालो पर्खिरहेका बिरामीहरूलाई थप मर्कामा पार्ने बताउँछन् । ‘अहिले दैनिक बिहान साढे ८ बजेदेखि बेलुका साढे ४ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्दै आएको वीर अस्पतालका निर्देशक दिलीप शर्माले जानकारी दिनुभयो । ‘सरकारको दुई दिनको निर्णय लागू गर्न बाँकी छ । चाँडै नै यसलाई कार्यान्वयन गर्ने भन्नेबारे निर्णय गर्छौं डां शर्मा भन्नुभयो, अहिले नै अस्पतालका केही विभागहरूमा बिरामीहरूको चापका कारण शल्यक्रियाका लागि एक वर्षभन्दा बढी समय कुनुपर्ने अवस्था रहेको स्विकार्छन् ।
दैनिक करिब ४ हजार बिरामीलाई बहिरंग सेवा प्रदान गर्दै आएको महारागन्ज शिक्षण अस्पताल (टिचिङ)ले सरकारको दुई दिन बिदा दिने नियम लागू गर्ने निर्णय गरेको छ । त्यहाँ पनि बिरामीहरूले शल्यक्रियाका लागि महिनौं कुनुपर्छ । अस्पताल प्रशासनले बिरामीलाई मर्का नपरोस् भनेर शुक्रबार पूरै दिन सेवा दिने र अन्य दिनहरूमा शल्यक्रिया थप्ने जनाएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च–नेपालका अध्यक्ष ज्योति बानियाँ बिरामीहरूका सामु निजी अस्पतालहरूमा ठूलो रकम खर्च गर्ने वा लामो समयसम्म व्यथा सहेर बस्नुपर्नेबाहेकको विकल्प नरहेको बतानुभयो । ‘
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्को दुईदिने बिदासम्बन्धी निर्णय लागू हुने र यसमा परिवर्तन गर्ने कुनै सोच नरहेको बताएको छ । ‘
संघीय र प्रादेशिक अस्पताल आईतवार सञ्चालन गर्न निर्देशन

यसैबीच स्वास्थ्य मन्त्रालयले शुक्रबार सबै संघीय र प्रादेशिक अस्पतालहरूलाई आइतबार पनि ओपीडी सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक परिपत्र जारी गर्दै जिम्मेवारी र उपलब्ध जनशक्तिलाई मध्यनजर गर्दै ओपीडी सेवा सञ्चालन गर्न र कर्मचारीहरूलाई साताका दुई दिन बिदा सुनिश्चित गर्न निर्देशन दिएको छ । यदि दुई दिन बिदा दिन सम्भव नभएमा सट्टा बिदा पनि मन्त्रालयले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *