तुलसीपुर,१३ चैत

नेपाल नेत्र ज्योति संघ ,आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमबाट एक बर्षको अवधिमा साँढे ३ लाख बढिले बिभिन्न किसीमका सेवा प्राप्त गरेका छन् ।
४८ औ नेपाल नेत्र ज्योति दिवश तथा २२ औ बार्षिक साधारण सभा कार्यक्रममा शुक्रबार तुलसीपुर स्थीत राप्ती आँखा अस्पताल रक्षाचौरको परिसरमा आयोजीत कार्यक्रममा नेपाल नेत्र ज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरु,आँखा उपचार केन्द्रहरु र बाह्य कार्यक्रमबाट गत २०८१ चैत १ गतेदेखि २०८२ फागुण मसान्त सम्म ३ लाख ६८ हजार ५ सय ३५ जनाले बिभिन्न प्रकारका सेवा लिएका हुन ।
संघका सचिव घनश्याम सुबेदीका अनुसार राप्ती आँखा अस्पतालबाट ६२ हजार ६ सय ४१, लमही आँखा अस्पतालबाट ३८ हजार ७ सय ३४, छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालबाट ९३ हजार,६ सय ४३, आँखा उपचार केन्द्रहरुबाट ४२ हजार ४ सय ४४ जना र बाह्य कार्यक्रमबाट ९० हजार ७ सय ८४ जना गरि जम्मा ३ लाख २८ हजार २ सय ४६ जनाले आँखा तर्फ ओ.पि.डि. सेवा लिएका हुन ।
बिशिष्टिकृत ओ.पि.डि. आँखा तर्फ रेटिना बिभागबाट १९ जना, कर्निया बिभागबाट ७० जना, आँखाको सौन्दर्य तथा क्यान्सर बिभागबाट ८ सय १६ जना र जलबिन्दु बिभागबाट २ हजार ६ सय १० जना गरी जम्मा ३ हजार ५ सय १५ जनाले सेवा लिएका छन् ।
कान तर्फ ओ.पि.डि. राप्ती आँखा अस्पतालबाट २ हजार ७ सय ५४,लमही आँखा अस्पतालबाट ९ हजार ५ सय ९७, छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालबाट २ हजार ९ सय ३८ र आँखा उपचार केन्द्रहरुबाट १ हजार ५ सय ९० जनाले गरि १६ हजार ८ सय ७९ जनाले सेवा लिएका छन् ।
त्यस्तै,मोतिबिन्दु तर्फ शल्यक्रिया सेवा तर्फ राप्ती आँखा अस्पतालबाट २ हजार ४ सय ४४, लमही आँखा अस्पतालबाट १ हजार ५ सय ५६, छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बाट ६ हजार ९ सय १ जना, बाह्य कार्यक्रमबाट २ हजार ६ सय ८२ जना गरी १४ हजार ७ सय ६२ जनाले सेवा लिएका छन् ।
बिशिष्टिकृत तथा अन्य शल्यक्रिया सेवा तर्फ रेटिना १ सय ८१, कर्निया ६ सय ४१, आँखाको सौन्दर्य तथा क्यान्सर ४ सय ५६,जलबिन्दुबाट १ सय ३०,अन्य ३ हजार ७ सय २५ गरी जम्मा ५ हजार १ सय ३३ जनाले सेवा लिएको नेपाल नेत्रज्योति संघ,दाङ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पताल ब्यबस्थापन समितिका सदस्य सचिव डा.सम्शेर थापाले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति संघको स्थापना बिभिन्न प्रकारका आँखा उपचारको सुविधा यथाशक्य सुलभ गराउने, नेत्ररोगबाट बचाउगर्ने र उपचारबाट ठीक नभएका न्यूनदृष्टि तथा दृष्टिबिहीनहरुलाई पुन ःस्थापन समेत गर्ने उदेश्यले २०३३ साल चैत्र १३ गते भएको हो ।
संघ अन्तर्गत हाल २८ वटा आँखा अस्पतालहरु र १ सय ५० भन्दा बढी आँखा उपचार केन्द्रहरु सञ्चालन रहेको जानकारी थापाले दिनुभयो । बार्षिक १२ लाख भन्दा बढी नेत्ररोगीहरुलाई बहिरंग सेवा र करिव ३ लाख भन्दा बढीको मोतिबिन्दुको शल्यक्रिया गरी उपचार सेवा पुरयाउदै आईरहको उहाँले दिनुभयो ।
बार्षिकोत्सवको अवसरमा नेपाल नेत्रज्योति संघ,दाङका संस्थापक अध्यक्ष रणबहादुर शाह, सदस्यहरु नेत्रमणी लामिछाने,ओमप्रकाश गुप्ता,डा. सनत कुमार श्रेष्ठ र संघका वर्तमान उपाध्यक्ष रेशमबहादुर खडकालाई सम्मानित गरीएको थियो ।
त्यस्तै कर्मचारीहरु डा. बसन्त पन्त,जसराज बि.क.केशरबहादुर डाँगी, सृजना खनाल,पूर्णबहादुर वली र बेजीता चौधरीलाई पुरस्कृत गरिएको थियो ।
संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षता एबम नेपाल नेत्रज्योति सघ केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बिभिन्न निकायबाट प्राप्त सहयोगको प्रशंसा गर्देै प्रशंसा पत्र समेत प्रदान गरीएको थियो । भने कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रेशमबहादुर खडकाले, सचिव घनश्याम सुबेदीले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *