तुलसीपुर,११ भदौ
घोराहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज मंगलबार बिहान साँढे ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नम्वर १२ डाडागाउँ बस्ने ६८ बर्षिय बुद्धिराम चौधरी आफ्नै गोठको छाना माथि चडी तरकारीको लागि लौका टिप्ने क्रममा विद्युत पोलको नाङ्गो तारमा छुन जाँदा करेन्ट लागेको थियो । तरकारी टिप्दै गरेका चौधरीको करेन्टका कारण घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खवर प्राप्त गरेको प्रहरी टोली घटनास्थल प्रारम्भिक कार्य पुरा गरी लास पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रबक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *