घोराही,६ भदौ
बिष्फोटक पदार्थ फालेर भाग्दै गरेका दुई जना ब्यक्ति घोराहीमा पक्राउ परेका छन् । आज बिहीबार बिहान ९ः०० बजे तिर घोराही उप–महानगरपालीका वडा नं.१५ महेन्द्र बहुमुखी क्याम्पस गेट नजिकै रा ८ प ३३२३ नं.को मोटरसाईकलमा आएका व्यक्तिहरुले जुटको बोरीमा बेरेर संकास्पद वस्तु फालेको थिए । सो बस्तु बिष्फोट समेत भएको छ । उक्त मोटरसाईकलमा पछाडी सवार घोराही उप–माहनगरपालीका वडा नं. १५ बस्ने सुभम कार्कीलाई भागिरहेको अवस्थामा घटनास्थलबाट र मोटरसाईकलमा चालक वडा नं. १५ पठक चोक बस्ने अभियान थापालाई ९ः३५ बजे तिर भरतपुर क्याम्पस रोडबाट पैदल भागिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रक्राउ परेका दुवै जना माथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । बिष्फोट बाट कुनै पनि क्षति भएको छैन । यी दुवै माथि मुलुकी आचार संहिता,२०७४ को परिछेद–७ अन्तरगत बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा सम्मानित दाङ जिल्ला अदालतबाट म्याद थप गरिने प्रहरीले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *