दमारगाउ तुलसीपुर ,भदौ ०५

ईनार सफा गर्न पसेका दुईजनाको मृत्यु भएको छ | तुलसीपुर उपमहानगरपालीका वडा नम्वर १३ दमारगाँउका दुर्गा बिकको ईनार सफा गर्न भनि ईनार भित्र पसेका सोहि ठाउका मुकेश बिक र यम बहादुर नेपाली  ईनार सफा गर्दैगर्दा फस्नुभएको हो | उहाहरु ईनार भित्र फस्दा निसासिनुभेको खवर स्थानीयले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा साढे दश बजेतिर गरेका थिए | खेवर पाए लगतै अस्थाई प्रहरी चौकी दमारगाउको प्रहरी टोलीले ईनार बाट उद्वार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएको थियो | चिकित्सकले चेकजाच पछि दुबैजनालाई मृत घोषणा गरेको थियो | 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *