कोठरी दाङ,४ भदौ
दाङ जिल्लाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरी पाटपुर्जा अदलबदल गर्ने गिरोहका ४ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ पहरुवा स्थित रहेको नर्सरीमा चोरी गरि लगेका मोटरसाईकलका पाटर्स अदलबदल गर्दै गरेको अबस्थामा तुलसीपुर उपमहानगरपािलका वडा नम्वर ५ बस्ने बिष्णु चौधरी, वडा नम्वर१८ हेमन्तपुर बस्ने देबदास देबकोटा,सोही ठाँउ बस्ने श्रीजन रिजाल र शिशिर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बिभिन्न मितिमा मोटरसाईकल चोरी भएको पर्न आएको निवेदनका आधारमा हिजो सोमबार दिँउसो ३ बजेतिर अस्थायी प्रहरी पोष्ट कोठरी बाट खटिगएको ४ जनाको प्रहरी गस्ती टोलिले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ पहरुवा स्थित रहेको नर्सरीमा रा ८ प ३३५८ नम्वरको २२० पल्सर र रा ६ प ७७४१ नम्वरको २२० पल्सर मोटरसाइकलका पाटर्स खोल्दै गरेको देखि ती ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार यी मोटरसाईकल कस्को र कहाँबाट चोरी गरेका हुन, यस अघि कहाँ कहाँबाट चोरी गरे र चोरी गरेका मोटरसाईकलका पाटर्स किन अदलबदल गर्ने गरेका छन् भन्ने लगायतका बिषयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *