तुलसीपुर,१९ साउन
अटोमा सवार जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ खाद्रे बस्ने सिता आलेको शव आज बिहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान अन्दाजी १२ किमि दक्षिण तर्फ दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ हरिपैरी स्थित खोलाको किनारमा सिता आलेको मृत अवस्थामा फेला परेको हो । तर सुर्खेत घर भई तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ खाद्रेमा बस्दै आउनुभएकी मन्जु खड्काको अबस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भई खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।
हिजो शुक्रबार राती अन्दाजी ८. १५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ स्थित रहेको बेचनी खोलामा अबिरल बर्षका कारण आएको बाढीले तुलसीपुरबाट खाद्रे तर्फ जादै गरेको रा ह ४०५५ नम्वरको अटोमा सवार चालक सहित ५ जना यात्रुहरु लाई बगाएको थियो । जस मध्ये अटो चालक तुलसीपुर ४ खाद्रे बस्ने हरी किसन बिक, यात्रुहरु तुलसीपुर ४ खाद्रे बस्ने सुनिता थापा र छविलाल आलेको नाति सुशान्त आले गरि ३ जना को सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *