तुलसीपुर,१९ साउन

गयराति तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ स्थित बेचनी खोलाले अटोलाई बगाउदा २ जना यात्रु बेपत्ता भएका छन् । अबिरल बर्षका कारण आएको बाढीले तुलसीपुरबाट खाद्रे तर्फ जादै गरेको रा ह ४०५५ नम्वरको अटोमा सवार चालक सहित ५ जना यात्रुहरु मध्ये तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ खाद्रे बस्ने सिता आले र सुर्खेत घर भई सोही ठाँउ बस्ने मन्जु खड्काको अबस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता रामप्रसाद तिमिल्सीनाका अनुसार अटो चालक दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ खाद्रे बस्ने हरी किसन बि.क, यात्रुहरु तुलसीपुर ४ खाद्रे बस्ने सुनिता थापा र छविलाल आलेको नाति सुशान्त आले गरि ३ जनाको सकुशल उद्वार गरिएको छ । भने सोही अटोमा सवार सिता आले र सुर्खेत घर भई सोही ठाँउ बस्नेत मन्जु खड्काको प्रहरी टोली परिचाल भई खोजि कार्य भईरहेको छ।
यस्तै,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पर्सेनी स्थित काला खोलामा आएको बाढिले तुलसीपुर बाट बिजौरी तर्फ जादै गरेको अटो बगाएको छ ।
रा १ ह २३५७ नंम्वर अटो बगाई बेपत्ता भएको भनि स्थानियले भनिएका अटोमा सबार चालक दुर्गा बहादुर पुनलाई प्रहरीले झण्डै १०० मिटर तलबाट सकुशल उद्वार गरेको थियो ।
पुनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा पठाईएको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।तुलसीपुर,१९ साउनगयराति तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ स्थित बेचनी खोलाले अटोलाई बगाउदा २ जना यात्रु बेपत्ता भएका छन् । अबिरल बर्षका कारण आएको बाढीले तुलसीपुरबाट खाद्रे तर्फ जादै गरेको रा ह ४०५५ नम्वरको अटोमा सवार चालक सहित ५ जना यात्रुहरु मध्ये तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ खाद्रे बस्ने सिता आले र सुर्खेत घर भई सोही ठाँउ बस्ने मन्जु खड्काको अबस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता रामप्रसाद तिमिल्सीनाका अनुसार अटो चालक दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ खाद्रे बस्ने हरी किसन बि.क, यात्रुहरु तुलसीपुर ४ खाद्रे बस्ने सुनिता थापा र छविलाल आलेको नाति सुशान्त आले गरि ३ जनाको सकुशल उद्वार गरिएको छ । भने सोही अटोमा सवार सिता आले र सुर्खेत घर भई सोही ठाँउ बस्नेत मन्जु खड्काको प्रहरी टोली परिचाल भई खोजि कार्य भईरहेको छ।
यस्तै,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पर्सेनी स्थित काला खोलामा आएको बाढिले तुलसीपुर बाट बिजौरी तर्फ जादै गरेको अटो बगाएको छ ।
रा १ ह २३५७ नंम्वर अटो बगाई बेपत्ता भएको भनि स्थानियले भनिएका अटोमा सबार चालक दुर्गा बहादुर पुनलाई प्रहरीले झण्डै १०० मिटर तलबाट सकुशल उद्वार गरेको थियो ।
पुनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा पठाईएको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *