ब्रेकिङ न्युज
Sat. Jan 25th, 2025

एमालेलाई उथलपुथल नभई विकास चाहिएको छ –महासचिव पोख्रेल

By Sushil Basnet १५ श्रावण २०८१, मंगलवार १३:२० १५ श्रावण २०८१, मंगलवार १३:२० १५ श्रावण २०८१, मंगलवार १३:२०

दाङ, साउन १५ । 

नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टी निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) दाङको बैठकलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले भन्नुभयो, ‘एमालेका नेता कार्यकर्ताहरुको काँधमा समृद्ध मुलुक निर्माण गर्ने दायित्व थपिएको छ । यही दिशामा लाग्नुहोस् ।’

एमालेलाई उथलपुथल नभई विकास चाहिएको भन्दै महासचिव पोख्रेलले उथलपुथलका नाइके प्रचण्डसँगको सहकार्य तोडेर नयाँ यात्रा प्रारम्भ गरेको बताउनु भयो । प्रचण्डले सुरु गरेको अस्थिरताले मुलुक झन्पछि झन् कमजोर बन्दै गएको महसुस गरी कांग्रेससँग सत्ता सहकार्य गरेको महासचिव पोख्रेललको भनाइ थियो | 

जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्यहरु शुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चेतनारायण आचार्यलगायतका केन्द्रीय र प्रदेशका नेताहरुको उपस्थिति रहेको थियो । जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन सचिव श्याम डाँगीले गर्नुभएको थियो । 

बैठकले विभिन्न जिम्मेवारी तोकेको छ । जसमध्ये स्कुल विभागमा राममणि पाण्डे, प्रचार तथा प्रकाशन विभागमा संगीत बस्याल, स्थानीय संघसंस्था विकास विभागमा मानबहादुर रावत, निर्वाचन विभागमा विवेक श्रेष्ठ, संगठन विभागमा श्याम डाँगी, वित्त तथा कोष व्यवस्थापन विभागमा सानुनारायण अधिकारी र सहकारी तथा गरिबी निवारण विभागमा अमर खड्का रहनुभएको प्रचार तथा प्रकाशन विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले निर्वाचन क्षेत्र संयोजकको समेत जिम्मेवारी तोकेको छ । जसअन्तर्गत क्षेत्रनम्वर १ मा सहजराम यादव, २ मा सुदन केसी र ३ मा मेघराज भुसाललाई संयोजक तोकिएको बस्यालले जानकारी दिनुभयो । बैठकले जिल्ला सयवटा वडा इञ्चार्ज, जनसंगठन इञ्चार्जसमेत तोकको छ । बैठकले २४ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *