राप्ति उपत्यका, ९ साउन

लुम्बिनी प्रदेशको मन्त्रीको लिष्टमा कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहनुभएको थियो |

मंगलबार बेलुकीसम्म तिमिल्सिनाकै नेतृत्वमा सरकारमा जाने भएपछि सोही अनुसार बुधबार बिहान शपथका लागि उहा प्रदेश बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय पुगनुभएको थियो ।

बिहान ८ बजे शपथ ग्रहण कार्यक्रम थियो। कांग्रेसबाट पाँच जना मन्त्री बन्ने तय थियो। तर अन्तिममा चार जनाले मात्रै शपथ लिए। एक सांसदका अनुसार तिमिल्सिना शपथका लागि तयार भएर जानु भएको थियो ,नाम हटाइएपछि उहा त्यहाबाट फर्कनु भयो ।

कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता तथा मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पनि शपथ कार्यक्रममा प्रमुख सचेतक तिमिल्सिना बुटवल गएको बताउनुभयो ।

‘किन यस्तो भयो त्यो मलाई थाहा भएन,’ न्यौपानेले भन्नुभयो |

काँग्रेस भित्र संस्थापन इतर समुहबाट  न्यौपाने एक्ला मन्त्री हुनुहुन्छ भने अरु तीन जना सबै संस्थापन पक्षधर हुन्। तिमिल्सिना पनि संस्थापन पक्षधर हुनुहुन्छ |

स्रोतका अनुसार प्रदेशमा मन्त्री पठाउँदा संस्थापन पक्षले एकलौटी गरेको भन्दै इतरका नेताहरुले विरोध जनाएपछि अन्तिममा आएर तिमिल्सिनाको नाम काटिएको हो।

‘पाँच जना मन्त्री बनाउँदा दुई इतर पक्षले दुइ मन्त्रालय पाउनुपर्ने अडान राखेपछि तिमिल्सिनाको नाम काटिएको हुन सक्ने आकलन गरिएको छ | 

इतर पक्षधर मानिने काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मन्त्री छनौट  प्रक्रियाबारे आफूलाई कुनै कुरा जानकारी नभएको बताउनु भएको छ | 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *