दाङ, कात्तिक १३
दाङमा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति फरार भएका छन्। मोबाइल चोरेको भन्दै तीन दिनअघि प्रहरीले पक्राउ गरेका दाङ घोराहीका विवेक नेपाली स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेका हुन्।शौचालय जान्छु भनेका नेपाली भागेपछि उहाको अहिले खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो ।