दाङ,१२ कार्तिक
दाङ,१२ कार्तिक
मानव अधिकार तथा शान्ति समाज सत्य र न्यायका खातिर आईतबार बिहान दाङमा प्रदर्शन गरेको छ ।
“फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय शिघ्र खारेज गर, विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउ” भन्ने आग्रहसहित सत्य र न्यायका पक्षमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदर्शन गरेको हो । प्रदर्शन पछि आयोजीत कोणमा सभामा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली,निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,दाङ शाखाका संस्थापक सभापति डिल्लीराज धिताल,शाखाका सदस्य भीमलाल मरासीनि लगायतले बोल्नुभएको थियो । समाज दाङका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्वमा कोणसभा भएको हो ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरुबारे ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको छ । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायतले सत्य र न्यायका लागि संसद भवन अगाडि प्रदर्शन गर्दैछन् ।
संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने प्रतिवद्धतामा नेपाल सरकारको कार्यलाई संयूक्त राष्ट्रसंघको सहयोगका लागि शान्ति समाजले आग्रह गर्दै आएको छ ।