ब्रेकिङ न्युज
Mon. Jun 1st, 2026


१० कार्तिक

कर्णाली प्रदेशको मुगुमा एकै परिवारका चार जनाको सामुहिक हत्या भएको छ । आज शुक्रबार फेला परेका तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको हो।

मृतकहरुमा मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, उहाका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको पुष्टी भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाकाअनुसार आज बिहान ११ बजे उनिहरुको शव फेला परेको प्रहरीले खबर पाएको थियो। खबर पाउन साथ प्रहरी घटनास्थल पुगेको थियो।

थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए। गत ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको छ।

९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेत गरा तिर गएका होलान् सोचेका रहेछन्,आज बिहानसम्म पनि घरमा ताला लगाएको देखे । स्थानीले फेरी माइतीतिर गएको हो कि भनेर फोन गरेका थिए। तर माइतीबाट ८ गते नै फर्किएको बताएपछि बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए। भित्र हेर्दा चारै जनाको हत्या भएको देखेको प्रहरीले बताएको छ ।

मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेको थापाले बताउनुभयो। हत्याबारे थप अनुसन्धानका लागि कुकुर झिकाइएको प्रहरीले जनाएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *