प्रबृत्ति शाह
दंगीशरण, १९ असार

दंगीशरण गाँउपालिका वडा नम्वर ७ का युवाहरुलाई सामुदायिक नेतृत्व बिकास सम्बन्धि तालिम दिई समाजको बिकृत्ति न्यूनिकरणमा सक्रिय बनाउन शुरु गरिने भएको छ ।
असार १७ गते देखि २ दिन सम्म वडा नम्वर ७ को कार्यालयमा सञ्चालन गरिएको सामुदायिक बिद्यालय र नीजि बिद्यालयका युवा बिद्यार्थीहरु सहभागि भएका थिए । बिद्यालय तहकै उमेर समुहबाट नेतृत्व बिकासमा टेवा पुग्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष रेशमबहादुर वलीले जानकारी दिनुभयो ।
समुदायमा बालबिबाह,डिजिटल प्रबिधिको दुरपयोगले पारिरहेको प्रभाब,दुब्यर्सनीको बढदो अबस्था,जातिय बिभेद तथा हिंसाका बिरुद्ध अभियानमा जोडन मद्धत मिल्ने बिश्वास अध्यक्ष वलीले गर्नुभयो ।
समुदायमा आबश्यक भौतिक पूर्वाधार र विकास निर्माणको प्राथमिकता सँगसगै समुदायमा सकारात्मक सोचमा बृद्धि गर्नुपर्ने आबश्यकता समेत महसुस भएको वडा सचिव प्रेमप्रकास चौधरीले बताउनुभयो ।
दुई दिन सम्म तालिममा सहभागिहरु मध्ये जनता माध्यामिक बिद्यालय बुटनीयाका बिद्यार्थी निरज चौधरी र श्रीगाँउ लाईफ भिजन बिद्यालयका निरा वलीले तालिमबाट सामाजिक रुपान्तरणका लागि योगदान गर्न सक्ने तहको सिकाई प्राप्त गरेको भन्दै खुशी ब्यक्त गर्नुभयो ।
जनता माध्यामिक बिद्यालयको हलमा आयोजना गरिएको तालिम समापन कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक क्रिमलाल चौधरी र वडा अध्यक्ष रेशम बहादुर वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
तालिम अबधिभर उत्कृष्ट सहभागिहरुलाई प्रशांसा पत्र प्रदान गरिएको थियो । तालिममा ४० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेत र दंगीशरण गाँउपालिकाको कार्यालयका लेखा प्रमुख धु्रवराज न्यौपाने रहनुभएको थियो । समापन कार्यक्रमको सञ्चालन दंगीशरण गाँउपालिका उद्यम बिकास शाखाका प्रमुख कल्पना बिष्ट खडकाले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *