नँया बर्षमा शान्ति समाजको अभिमुखिकरण

By Sushil basnet १ बैशाख २०८१, शनिबार ११:४४ १ बैशाख २०८१, शनिबार ११:४४ १ बैशाख २०८१, शनिबार ११:४४

तुलसीपुर,१ बैशाख

मानव अधिकार तथा शान्ति समाज दाङले नँया बर्ष २०८१ सालको अवसरमा शुभकामना आदान प्रदान,अभिमुखिकरण र वन भोज लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
शान्ति समाजका नँया तथा पुराना आजिवन सदस्य तथा आवधिक सदस्यहरुका लागि मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम बैशाख १ गते आयोजना गरिएको शाखाका का.वा. सभापति कोमल डिसीले जानकारी दिनुभयो ।
शान्ति समाजको परिदृष्य,मुल्य र मान्यता,आचार संहिताका बिषयमामा समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,सांगठनिक केन्द्रिय सचिव निर्मल नेपाली,स्वालम्वन,पारर्दशिता र लोकतन्त्रका बिषयमा दाङ शाखाका संस्थापक सभापति डिल्लीराज धिताल र शान्ति समाज स्थापना भएदेखि हाल सम्म सञ्चालन गरिएका अभियान (अभियानका २६ बर्ष ) पूर्व केन्द्रिय उपसभापति मोहन धितालले अभिमुखिकरणको श्रोत ब्यक्तिको रुपमा सहजिकरण गर्नुभएको थियो ।
४५ बढीको आजिवन र आवधिक सदस्यहरुको अभिमुखिकरण कार्यक्रममा सहभागिता रहेको थियो ।
सोही अवसरमा शान्ति समाज दाङ शाखाले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्तोको लोकार्पण गरिएको थियो । भित्तेपात्तोको लोकार्पण तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले गर्नुभएको हो । लोकार्पण कार्यक्रममा सम्बोधन गर्नूहुदै प्रमुख अतिथि चौधरीले शान्ति समाजले सार्वजनिक सवालमा दवाव दिनुपर्नेमा जोड दिनुभयो । आफ्नो पहिलो मिसन तुलसीपुर स्थीत टरिगाँउ एरर्पोट नियमित सञ्चालन हो,तर अझै पनि जति सुन्नुपर्ने हो सुनिएको देखिएको छैन । अव शान्ति समाजले दवाव सृजना गरिदिएमा सुनुवाई हुने थियो की उहाँले अपेक्षा राख्नुभयो ।
त्यसअवसरमा आपसी शुभकामना आदान प्रदान तथा शान्ति समाजको आजिवन सदस्यता प्राप्त गर्ने नँया सदस्यहरुलाई परिचय पत्र समेत बितरण गरिएको थियो । भित्तेपात्तो लोकार्पण तथा अभिमुखिकरण कार्यक्रम पश्च्यात वनभोज कार्यक्रम समेत भएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *