काठमाण्डौ,चैत २८
सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुन तोलाको एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार सात रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो मंगलबार चाँदीको भाउ एक हजार छ सय ८५ रुपैयाँ रहेको थियो ।

