चैत्र ८
दाङमा झण्डै ६ हजार मेट्रिक टन युरिया आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार सामाग्रीको लमही, घोराही र तुलसीपुर शाखाबाट पाँच हजार आठ सय ३५ मेट्रिक टन युरिया, दुई हजार चार सय ३२ मेट्रिक टन डिएपी र एक सय २३ मेट्रिक टन पोटास आएको छ ।
त्यसमध्ये तीन हजार आठ सय ४२ दशमलव ३ मेट्रिक टन युरिया, दुई हजार तीन सय ३२ दशमलव ८ मेट्रिक टन डिएपी र एक सय २३ मेट्रिक टन पोटास आएर बिक्री भएको छ ।
फागुन मसान्तसम्मको रेकर्डमा कृषि सामग्री कम्पनी लिमिटेडका तीनवटै शाखाको गोदाममा दुई हजार ९४ दशमलव एक मेट्रिक टन युरिया र दुई सय १९ दशमलव नौ मेट्रिक टन डिएपी मौज्दात छ ।
अहिले अनुदानको रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्रीको जिम्मा पाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशतको दरले बाँडेर मल बिक्री गरिरहेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका अनुसार यस वर्ष गत वर्षको फागुन मसान्त भन्दा कम्तिमा २० प्रतिशत युरिया किसानले लगिसकेका र मल नियमित आइरहेकोले यूरियाको अभाव हुने छैन ।
कृषि ज्ञान केन्द्रले कृषि विकास निर्देशनालयलाई चालु आर्थिक वर्षका लागि जिल्लामा आवश्यक पर्ने रासायनिक मलको विवरण पठाएको रेकर्ड अनुसार मल आधा पनि नपुग्ने देखिन्छ ।
जिल्लामा गत वर्ष जस्तो मलको हाहाकार यस वर्ष नभए पनि किसानले यस वर्ष पनि मलको अभाव झेल्नुपर्ने रेकर्डले देखाएको छ । कृषि ज्ञान केन्द्रले २०७९ भदौ ५ गते कृषि विकास निर्देशनालयलाई जिल्लामा आवश्यक पर्ने रासायनिक मलको विवरण र चालु आर्थिक वर्षको आधा समयसम्म आएको मलको अवस्था हेर्दा माग भएको आधा मल पनि नपाउने अवस्था देखिएको हो । ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ हजार दुई सय १० मेट्रिक टन युरिया, १२ हजार चार सय १५ मेट्रिक टन डिएपी र तीन हजार एक सय १६ मेट्रिक टन पोटास माग गरेको थियो ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत फागुन मसान्तसम्म दाङमा छ हजार २९ दशमलव छ मेट्रिक टन युरिया, तीन हजार चार सय ८० मेट्रिक टन डिएपी र दुई सय २२ मेट्रिक टन पोटास स्थानीय तह हुँदै सहकारी मार्फत कृषकले लगेका छन् ।
घोराही, तुलसीपुर र लमहीमा रहेका कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमार्फत चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लमही नगरपालिकामा ४२४.३०० मेट्रिक टन युरिया, १८६.२५० मेट्रिक टन डिएपी र १२.९०० मेट्रिक टन पोटास गएको छ ।
घोराही उपमहानगरपालिकामा १०९६.८०० मेट्रिक टन युरिया, ४९४.६५० मेट्रिक टन डिएपी र ४७.३०० मेट्रिक टन पोटास गएको छ । तुलसीपुर उपमहानगरपालिकामा ७५४.९५० मेट्रिक टन युरिया, ५९९.३५० मेट्रिक टन डिएपी र २२.५५० मेट्रिक टन पोटास गएको छ । दंगीशरण गाउँपालिकामा २०७.१५० मेट्रिक टन युरिया, १६५.८०० मेट्रिक टन डिएपी र २.८०० मेट्रिक टन पोटास गएको छ ।
त्यसैगरी राप्ती गाउँपालिकामा १९२.०५० मेट्रिक टन युरिया, १०८.७०० मेट्रिक टन डिएपी र १० मेट्रिक टन पोटास गएको छ । राजपुर गाउँपालिकामा २००.५५० मेट्रिक टन युरिया, १०७.१५० मेट्रिक टन डिएपी र १.१०० मेट्रिक टन पोटास गएको छ । गढवा गाउँपालिकामा २३२.७०० मेट्रिक टन युरिया, १०९.०५० मेट्रिक टन डिएपी र २२ मेट्रिक टन पोटास गएको छ । बंगलाचुली गाउँपालिकामा २९.४५० मेट्रिक टन युरिया, १५.४०० मेट्रिक टन डिएपी र ०.३०० मेट्रिक टन पोटास गएको छ ।
शान्तिनगर गाउँपालिकामा १७५.५०० मेट्रिक टन युरिया, १२२.७०० मेट्रिक टन डिएपी र २.५५० मेट्रिक टन पोटास गएको छ । बबई गाउँपालिकामा १७०.१५० मेट्रिक टन युरिया, ८६.२०० मेट्रिक टन डिएपी र १.५०० मेट्रिक टन पोटास गएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीबाट जिल्लाभर फागुन मसान्तसम्म दुई हजार पाँच सय ५५ मेट्रिक टन युरिया, एक हजार चार सय ८५ मेट्रिक टन डिएपी र ८९ मेट्रिक टन पोटास गएको छ । गत वर्षको फागुन मसान्तको तुलनामा यस वर्षको फागुन मसान्तसम्म कम्तिमा २० प्रतिशत युरिया सहकारी मार्फत कृषकले लगेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका प्रमुख टोपाराम गौतमले जानकारी दिनुभयो ।

