दाङ, ६ चैत ।

दाङको तुलसीपुरमा नमुना महिला सांसदहरुका लागि विषयगत सवाल विषयमा दुइदिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । न्युसिपिसिको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा मंगलबार देखि अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन मन्तब्य दिनुहुदै नगरप्रमुख टिकाराम खड्काले संसदीय अभ्यासले नागरिकका आवश्यकता, समस्या र सामाजिक मुद्दाहरुलाइ कसरी उठान गर्ने? कसरी प्रस्तुत गर्ने भन्ने कुराको राम्रो जानकारी प्राप्त हुने बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का अध्यक्ष एवम
सामाजिक बिकास समितिका संयोजक मान बहादुर रावतले महिलाहरुको क्षमता अभिवृद्धिका लागि यस्तो क्रियाकलापहरु महत्त्वपूणर् हुने बताउनुभयो ।

कार्यक्रममा नमुना महिला सांसदका उपसभामुख सुष्मा लामिछनेले सम्मुनत राष्ट्र निर्माणमा नमुना महिला सांसदले आफ्नो बलियो भुमिका प्रस्तुत गर्नुपर्ने बताउनुभयो । अभिमुखिकरणले विभिन्न कारणले पछि परेका/ पारिएका, महिला, सीमान्तकृत समुदायका महिलाहरुको पहिचान गर्दै उनिहरुलाइ राज्यको पहुँचमा कसरी ल्याउन सकिन्छ भन्ने विषयको उठान हुने जानकारी गराउनुभयो ।

नमुना महिला सांसद परिकल्पनाकार तथा न्युसिपिसी अध्यक्ष नवराज लामिछानेले महिलाहरुको क्षमता अभिवृद्धिको सन्जालिकरणका लागि महिला सांसदको परिकल्पना गरिएको बताउनुभयो ।

स्थानीय सरकारलाई सहयोग, सहजीकरण र ध्यानाकर्षण गराउने उदेश्यले नमुना महिला सांसद २०६५ सालमा गठन गरिएको उहाँले जानकारी गराउनुभयो ।
महिलाका सवालहरुको उठान गरि योजना बनाउने, छलफल गर्ने र उक्त योजनालाइ प्रकृयागत रुपमा मुद्दा उठान गरि स्थानीय सरकारसम्म पुर्‍याउन नमुना संस्थाको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो ।

दुइदिन सम्म चल्ने अभिमुखिकरण कार्यक्रमको पहिलो दिन महिलाहरुको कानुनी तथा सामाजिक न्याय शान्ति र मानव अधिकारका सवालमा हालको अवस्था, मानव संसाधन विकास र श्रोत ब्यबस्थापन, महिलाहरूको राजनैतिक तथा सांस्कृतिक पक्षमा भएका प्रयासहरु र सुधार , सूचना , संचार समन्वय र साझेदारी क्षेत्रमा भएका प्रयास र महिलाहरुको अवस्थाका बारेमा छलफल र जानकारी गराइएको छ ।

अभिमुखिकरणको प्रशिक्षकमा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, मानव अधिकारकर्मि सुशील बस्नेत, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गलाल केसी, नमुना संसद परिकल्पनाकार नवराज लामिछाने लगायत रहनुभएको छ ।

नमुना महिला सांसदका सभामुख सिमा न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमको उद्घाटन भएको हो ।

महिला बालबालिका तथा सामाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कुन्ता भण्डारीले गर्नुभएको हो ॥

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *