दाङ- २३ फागुन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुईजना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट बनेका
अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नुभएको हो । गठबन्धन परिवर्तन भएपछि प्रदेश सरकारमा समेत त्यसको असर परेको छ । वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्ती गरिएको छ ।
मुख्यमन्त्रीले दुई वटै मन्त्रालय आफूसंगै राक्नुभएको छ । यस अघि सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा काग्रेसका तर्फबाट मुख्यमन्त्री बन्नुभएका क्रमश कमल बहादुर शाह र सुरेन्द्र पाण्डेले माओबादीका तर्फबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको थियो । भने कर्णाली प्रदेशमा काग्रेसका तर्फबाट बनेका मन्त्रीहरुले राजिनामा दिएका छ्न ।
