दाङ, २० फागुन ।

दाङमा पूर्व एम्बुलेन्स चालक क्यान्सर रोगबाट ग्रसित हुनुभएकाे छ । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका पूर्व एम्बुलेन्स चालक लमही नगरपालिका वडा नं ६ निवासी ३६ वर्षका दीपेन्द्र बहादुर खत्री (देवे) क्यान्सर पिडित हुनुभएकाे हो । उहाँको मुख भित्र क्यान्सर देखिएको हो ।

खत्रीको घरकाे आर्थिक अवस्था कम्जाेर भएका कारण क्यान्सर रोग लागेर घरमै बस्न बाध्य हुनुभएको छ । उहाँका लागि तुलसीपुरका एम्बुलेन्स चालकहरुकाे अगुवाईमा सहयोग रकम उठाउने कार्यको सुरुवात गरिएको संयुक्त एम्बुलेन्स चालक संघ नेपाल तुलसीपुर ईकाइ कमिटिका सचिव केशवराज कडेलले जानकारी दिनुभयो । उहाँलाई आ-आफ्नाे ठाँउबाट सक्दाे सहयोग गर्न अपिल गरिएको छ ।

By admin

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *