सुशील बस्नेत
दाङ,तुलसीपुर १९ फागुन
तुलसीपुर उपमहानगरपालिकामा गठन गरिएको महिला नमुना संसदको अधिबेसनले सिमा न्यौपानेलाई सभामुखमा सर्वसम्मतले चयन गरेको छ । शनिबार सम्पन्न अधिबेसन तथा भेलाले उपसभामुखमा सुष्मा गिरीलाई चयन गरेको निर्वाचन समितिका संयोजक बरिष्ठ अधिबक्ता प्रदिप धितालले जानकारी दिनुभयो । नमुना संसदको महासचिवमा दिप्ती शिखा चौधरी, सचिव प्रमिला तिवारी र प्रबक्तामा नानी मैया वलीले जिम्मेवारी पाउनुभएको छ ।
२०६५ सालमा पारित गरिएको शान्ति महिला संसद दाङले संसदीय अभ्यास,महिला सशक्तिकरण लगायतमा महिलाहरुलाई संगठित गर्ने र दवाव सृजना गर्दै अधिकार सुनिश्चित गर्ने कार्य गर्दै आएको छ । यसको कार्य सम्पादन निर्देशिक बमोजिम ७ वटा बिभिन्न बिषयगत समितिको संयोजक सहित तिन तिन सदस्यीय समिति चयन गरेको छ । कानुन तथा सामाजिक न्याय समितिको संयोजकमा युवा करारा र सदस्यमा सुमित्रा थरुनी र बसन्ता केसी, शान्ति तथा मानव अधिकार संरक्षण समितिको संयोजकमा मधुमती सुनार तथा सदस्यमा राममोती चौधरी र देवि पोख्रेल, आर्थिक समितिको संयोजकमा कल्पना चौधरी तथा सदस्यमा दिलकुमारी दमाई र नीमा सार्की, राजनीतिक समितिको संयोजकमा सरीता देवकोटा तथा सदस्यमा सुशीला न्यौपाने र निर्मला कार्की, सांस्कृति समितिको संयोजकमा छवि खराल तथा सदस्यमा राधा बस्याल र दिलमाया नेपाली, सुचना,संचार समन्वय र साझदारी विकास समितिको संयोजकमा लालमती भण्डारी तथा सदस्यमा पार्वति कामी र सीता कुमारी लामिछाने र मानव संशाधन बिकास र श्रोत ब्यबस्थापन समितिको संयोजकमा लोकमाया पुन तथा सदस्यमा रीखा शर्मा र गिता राना सर्बसम्मत रुपमा चयन हुनुभएको छ ।
नर्व निर्वाचित सबैलाई निर्वाचन समितिका संयोजक बरिष्ठ अधिबक्ता प्रदिप धितालले शनिबार नै सपथ ग्रहण गराउनुभएको छ ।
नव जागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिको आयोजनमा शनिबार उद्घाटन गरिएको शान्ति महिला संसद पुर्न गठन एवम परिचालन तथा शान्ति महिला पुर्व संसद सहितको पहिलो भेला उद्घाटन गरिएको थियो । समितिका सभामुख सिमा न्यौपानेको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भेला शुरु भएको हो । भेलालाई राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले संसद भित्र भाग लिदा अपनाउनुपर्ने प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो ।
सोही अवसरमा शान्ति महिला नमुना संसदको अवधारणा बारेमा न्युसिपीसिका पूर्व अध्यक्ष नवराज लामिछाने,महिलाहरुको बिषयगत सवाल,असवसर र चुनौतिका बारेमा उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठ,योजना छनौट प्रक्रिया तथा बजेट तर्जुमाका बारेमा योजना शाखाका कुन्ता भण्डारी र निर्देशिकाका बारेमा बरिष्ठ अधिबक्ता प्रदिप धितालले प्रस्तीतकरण गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण नानी मैया वलीले गर्नुभएको थियो ।

