दाङ, १९ फागुन
खप्तडी बस्नेत बंशावली अनुसन्धान तथा उत्थान समिति केन्द्रीय कार्यसमितिको ७ औ अधिबेसनले डिल्लीबहादुर बस्नेतलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिबार केन्द्रीय कार्यालय हेमन्तपुर,तुलसीपुरमा सम्पन्न ७ औ अधिबेसनले ३ बर्षे कार्यकालका लागि अध्यक्ष पदमा डिल्लीबहादुर बस्नेत, उपाध्यक्षमा प्रेमबहादुर बस्नेत, सचिवमा दलबहादुर बस्नेत, कोषाध्यक्षमा बस्नेत र सहसचिवमा ओमप्रकास बस्नेतलाई सर्बसम्मत निर्वाचित गरिएको निर्वाचन समितिका संयोजक राजेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । डिल्लीबहादुर बस्नेत पुन ः अध्यक्ष पदमा सर्बसम्मत हुनुभएको हो ।
सदस्यमा देवा बस्नेत,सीता बस्नेत,जगत बस्नेत,शेरबहादुर बस्नेत,निमबहादुर बस्नेत र रुपलाल बस्नेतलाई सर्बसम्मतले चयन गरेको हो । समितिका अध्यक्ष डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भेलाले राजेन्द्र बहादुर बस्नेत संयोजक रहनुभएको निर्वाचन समितिमा सुशील बस्नेत र सुर्यबहादुर बस्नेतलाई सदस्य पदमा जिम्मेवारी दिएको थियो । सोही अनुरुप अधिबेसनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नव निर्वाचित कार्यसमितिले १ जना उपाध्यक्ष र २ जना सदस्यलाई मनोनित गर्ने निर्वाचन समितिका सदस्य सुशील बस्नेतले जानकारी दिनुभयो ।
शनिबार आयोजित १६ औ साधारण सभा तथा ७ औ अधिबेसन अध्यक्ष डिल्लीबहादुर बस्नेतको अध्यक्षता एवम लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा उदघाटन सत्र सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथी बस्नेतले खप्तडी बस्नेतले नेपाल एकिकरणमा गरेको योगदानको चर्चा गर्नुहुदै अव पनि ईतिहास लेख्ने गरि बस्नेत बन्धुहरुले योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
खप्तडी बस्नेत बंशावली प्रकासन समितिका संयोजक तेजबहादुर बस्नेतले बंशावलीको महत्वको बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक रमेश बस्नेत,राजपुर गाँउपालिका वडा नम्वर ७ का सदस्य प्रमोद बस्नेत,शिक्षक महासंघका जिल्ला अध्यक्ष युवराज बस्नेत लगायतले मन्तब्य ब्यक्त गर्नुृभएको थियो ।
सो अवसरमा सचिव दलबहादुर बस्नेतले सांगठनिक प्रतिबेदन तथा कोषाध्यक्ष केशव बहादुर बस्नेतले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सभाले संशोधन सहित पारित गरेको छ ।
कार्यक्रमको सहजिकरण उपाध्यक्ष प्रेमबहादुर बस्नेतले स्वागत मन्तब्य र सचिव दलबहादुर बस्नेतले गर्नुभएको थियो । २०६३ सालमा औपचारिक रुपमा दर्ता गरिएको खप्तडी बस्नेतले बंशावली प्रकासन गर्नुका साथै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ स्थीत हेमान्तापुरमा १ बिहाग १० कठ्ठा जमिनमा कुल मन्दीर,शिवमन्दीर,गणेशमन्दीर,भुवनेश्वरी देवीको मन्दीर,एउटा सभाहल र गोदाम हल निर्माण गरिसकेको छ भने चारैतिर पर्खाल निर्माण गरिसकेको छ । हाल सम्म दाङ जिल्ला र आसपासका जिल्लाका गरि २ सय ५३ जनाले आजिवन सदस्यता लिएका खप्तडी बस्नेत बंशावली अनुसन्धान तथा उत्थान समिति केन्द्रीय कार्यालय तुलसीपुरले जनाएको छ ।

