१८ फागुन, दाङ ।
कृत्तिम जलाशय निर्माणमा घोराही उपमहानगरपालिका अगाडी देखिएको छ । पानीको स्रोत संरक्षण गर्दै कृत्रिम जलाशय निर्माण गरेको छ । प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको ५ लाख रुपैयाँ लागतमा उक्त जलाशय निर्माण गरिएको हो । ‘एक वडा, एक जलाशय’ अभियान अन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ वटा जलाशय निर्माण भइसकेका छन् । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ
किसानको आम्दानी बढाउन कृत्तिम जलाशय निर्माण ग।िरएको घोराही उपमहानगरपालिकाले जानकारी गराएको छ । वडा नम्वर १७, कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण सो क्षेत्रमा पानीको समस्या समाधान भएको छ । स्थानीय किसानहरुका अनुसार जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी पनि भइरहेको छ ।
उक्त वडाको कर्जाही आसपासमा एक सय बिघाभन्दा धेरै जमिनमा यस जलाशयको पानीमार्फत सिँचाइ भई व्यावसायिक तरकारीखेती भइरहेको छ ।’
घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नं १ र २ को सीमाक्षेत्रमा पर्ने सुर्केडाँगीमा ९चेपे ताल०मा ३ वर्षअघि करिब साढे ७ बिघा क्षेत्रफलमा कृत्रिम जलाशय बनाएको थियो । उक्त जलाशय बनेपछि खेतीपातीमा सहज भएको छ ।
बेमौसमी तरकारी खेति काउली, बन्दा, गोलभेँडा बिक्रि गर्दा मासिक २० देखि २५ हजार रुपैयाँ आम्दानी गरेको स्थानीय एक जना किसानले बताए । लौका, करेला, भिन्डी र काँक्राको खेती पनि राम्रो भइरहेको छ ।’
वडा नं १ का वडाध्यक्ष राममणि पाण्डेले जलाशयमा माछापालनसँगै डुंगासमेत सञ्चालन गरिएको जानकारी दिनुभयो । अध्यक्ष पाण्डेका अनुसार कृत्रिम जलाशय प्रदेश सरकार र घोराही उपमहानगरको करिब एक करोड ८० लाख रूपैयाँ लगानीमा निर्माण भएको हो ।
‘जलाशय ठूलो छ, सोही कारण सिँचाइसँगै माछापालन, डुंगा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारीसमेत पाएका छन् ।
सघन सिँचाइ आयोजनाले ३, बृहत् सिँचाइ आयोजनाले एक, प्रदेश सरकारले ३ र उपमहानगरले २१ गरी पाँच वर्षमा २८ कृत्रिम जलाशय निर्माण भएका छन् ।

