दाङ,६ फागुन

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । रा ७ प ३१८६ नम्बरको मोटरसाईकल घोराही उपमहानगरपालिका १८ मा अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे १ का २७ बर्षिय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो । मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाईते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार अर्का गम्भीर घाईते सोही ठाँउकै ३५ बर्षिय रामकुमार पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि भैरहवा पठाईएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *