तुलसीपुर,४ फागुन
डिभाईन टेम्पल एकाडेमी तुलसीपुरले १५ औ बार्षिकोत्सवका अवसरमा १५ दिन सम्म बिभिन्न कार्यक्रम गरि मनाईरहेको छ । कक्षा १२ सम्म अध्यापन गराईने डिभाईन टेम्पलमा बार्षिकोत्सव (मणिभ उत्सव) २०८० का अवसरमा शुक्रबारका दिन बिद्यालय परिसरमा स्पोर्ट्स मीट एवम बिबिध कार्यक्रम सञ्चालन गरि शुभारम्भ गरिएको हो ।
बिद्यालयका संस्थापक प्रिन्सीपल भोजराज न्यौपानेको अध्यक्षता,नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध डाँगीको प्रमुख आतिथ्यता एवम मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेतको बिशिष्ठ आतिथ्यतामा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुदै प्रमुख अतिथि डाँगीले ज्ञान र कलाकारीता कहिले पनि पूर्ण हुन नसक्ने बताउनुभयो । यी बिषय सधै सिकाई भई नै रहने भएकाले आफ्नो रुचि भएको बिषयलाई गहिरो गरि अध्ययन वा सिक्नुपर्ने सुझाब दिनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले नीजि बिद्यालयले प्रदान गर्दै आएको गुणस्तरिय शिक्षा र अतिरिक्त क्रियाकलापका कारण बिद्यार्थीहरुको आकर्षण बढ्ने गरेको बताउनुभयो ।
दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यले खेलकुद र अध्ययनलाई सगसगै लैजान सके बृत्तिबिकाश हुनेमा जोड दिनुभयो ।
कार्यक्रम उद्घाटन समारोहमा बिद्यालयका शिक्षक आकाश सिंहले स्वागत मन्तब्य र सहजिकरण शिक्षक महेश लामिछानेले गर्नुभएको थियो ।
बार्षिकोत्सवको अवसरमा पहिलो दिन बिभिन्न उमेर समुहका खेलाडीहरु बिच तेक्याण्डो प्रतियोगिता भएको थियो । फागुन १९ गते सम्म १५ दिनमा शिक्षक अभिभावक मैत्रीपूर्ण खेल कार्यक्रम, अन्य खेलकुद प्रतियोगिता, रक्तदान,सांस्कृतिक कार्यक्रम,सहयोग हस्तान्तरण,कला तथा बिज्ञान प्रदर्शन,प्रतिभा पुरस्कार तथा सम्मान कार्यक्रम,बिद्यालयको भवन उद्घाटन लगायत रहेका संस्थापक प्रिन्सीपल भोजराज न्यौपानेले जानकारी दिनुभयो ।

