गन्धर्व समुदायको पहिचान स्थापितका लागि सारङी दिवस

By Sushil Basnet २ फाल्गुन २०८०, बुधबार ०९:१३ २ फाल्गुन २०८०, बुधबार ०९:१३ २ फाल्गुन २०८०, बुधबार ०९:१३

सुशील बस्नेत
दाङ,२ फागुन

तुलसीपुरका गन्धर्व समुदायले १३ औं सारङी दिवस मनाएका छन् । झण्डै ६० घर बसोबास गर्दै आएका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ रक्षाचौरका गन्धर्व समुदायले श्रीपञ्चका अवसरमा सारङी दिवस मनाएका हुन । ज्ञानकी देवि सरस्वतिलाई श्रीपञ्चमीका दिनमा शैक्षिक संघसंस्थामा शिक्षक,कर्मचारी,बिद्यार्थीले बिहानदेखि पुजा पाठ र अतिरिक्त क्रियाकलाप गरि मनाउने प्रचलन छ । त्यसदिन अक्षराम्भ गराउने प्रचलन पनि रहि आएको छ । तर गन्धर्व समुदायले बाद्यबाद्यककी देबिको रुपमा पनि सरस्वतिलाई लिने भएकाले गन्धर्व समुदायले श्रीपञ्चमीको दिनलाई सारङी दिवसको रुपमा मनाउन शुरु गरेका हुन । सारङी रेटेर (बजाएर) जिविकोपार्जन गर्दै आएका गन्र्धव समुदायले सारङीको धुनलाई सम्मान गर्न नसकेको गुनासो गर्दै आएका छन् । पहिचान सँग जोडिएको र सांस्कृतिक परम्परालाई अहिलेको पुस्तालाई जोड्न खोजि रहेको गन्र्धव समुदायका जेष्ठ सदस्य शालिकराम गन्र्धवले भन्नुभयो ।
सारङी उत्पादन समुह,तुलसीपुर ४ रक्षाचौरका अध्यक्ष गणेश बहादुर गन्धर्वको अध्यक्षता,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का अध्यक्ष तुलसी थापाको प्रमुख आतिथ्यता एवम मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेतको बिशिष्ठ आतिथ्यतामा सारङगी दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्नुहुदै वडा अध्यक्ष थापाले सारङी दिवस मनाईरहेको स्थलमा रहेको मन्दीरका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,मन्दीरको तारबार पनि हुन्छ,त्यसका लागि सबै गन्र्धव समुदाय संगठित हुनुपनि पर्छ ।
मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेतले जाताजाति, धर्म,संस्कृतिको संरक्षण गर्ने राज्यको जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो,संबिधानमा संघिय र प्रदेश तहको अधिकार भित्र पनि अल्पसंख्यक समुदायको संरक्षण गर्नुपर्ने जिम्मेवारीको ब्यबस्था छ भने स्थानीय तहको जिम्मेवारी स्पष्ट उल्लेख छ । त्यसकारण लैङीक मैत्री कानुन बनाई अल्पसंख्य समुदायको परम्परा,सीप र संस्कृतिको संरक्षण गर्नुपर्छ, र गुम्दै गएको पहिचान लाई पुन ः स्थापीत गराउनुपर्छ,बस्नेतले भन्नुभयो । स्थानीय स्तरको परम्परा र संस्कृतिको संरक्षण गर्न मेला महोत्सवमा यस्ता समुदायलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ तर छैन, उहाँले भन्नुभयो ।
सारङी उत्पादन समुहका कोषाध्यक्ष जुनकेरी गन्धर्वले भन्नुभयो, कम जनसंख्या छ तर बिभिन्न किसिमको सीप भरपुर रहेको छ । तर पनि यो समुदायलाई कुनैपनि निकायले ध्यान दिन सकेन ।
शालिकराम गन्र्धवले मंगल स्तुति प्रस्तुत गर्दा त्यहाँ उपस्थीत मग्नमुग्ध भएका थिए । कार्यक्रममा स्वागत मन्तब्य दृष्टिबिहीन गणेश गन्धर्वले गर्नुभएको थियो भने सहजिकरण रेणु गन्धर्वले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *