ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026


तुलसीपुर,२२ माघ

यातायात ब्यबस्था कार्यालय तुलसीपुरको अब्यबस्थीत सवारी चालक अनुमिति पत्र (ट्रायल) परिक्षाका कारण दुर्घटना हुदा एक युवती घाईते भएका छिन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ की २४ बर्षिया बिजन आचार्य आईतबार गम्भीर घाईते हुनुभएको हो । जीप /कारको ट्रायल दिन पुगेकी आचार्यलाई ट्रायल दिन पुगेका पारस शाक्यले चलाई रहेको रा १ त १३७१ नम्वरको कारले टक्कर दिएको थियो ।
न्यू स्वर्गद्धारी ड्राईभिङ सेन्टरको ट्राईलमा प्रयोग गरिदै आएको गाडीले ठक्कर दिनुका साथै ट्रायल दिन पालो पर्खेकी बिजनलाई ठक्कर दिर्दै झण्डै ७ मिटर अगाडी सम्म घिसार्दै अगाडी थुपारिएको ढुङामा पु–याउदा गम्भीर घाईते हुनुभयो ।
घाईते बिजनको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । अर्थोपेडीक चिकित्सक नभएको जानकारी पाएको आचार्य परिवारले तत्काल त्यहाँबाट सीटि अस्पताल तुलसीपुरमा पुरयाएको थियो । मेरुदण्ड र टाउकोमा चोट लागेको उपचारमा संलग्न डाक्टर हेमराज शर्माले जानकारी दिनुभयो । ट्रायल दिनु अर्थात सवारी चालक अनुमति प्राप्त गर्ने स्थान परिक्षा केन्द्र हो, परिक्षा केन्द्र नै सुरक्षित छैन, घाईते बिजनकी आमा देवी आचार्यले गुनासो गर्नुभयो । परिक्षा केन्द्र तोकिएको हुन्छ, यातायात ब्यबस्था कार्यालयका प्रमुखको प्रत्यक्ष निगरानी हुन्छ, केन्द्राध्यक्षको जिम्मेवारी अधिकृत तहलाई तोकिएको हुन्छ भने ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायत ट्रायल परिक्षा केन्द्रमा निरिक्षकको रुपमा जिम्मेवारी प्राप्त गरेका हुन्छन् । तर भूमिका न्यून देखियो, अस्तब्यबस्त थियो, यो सबै सेटिङकै कारणले यस्तै हुने गरेको ट्रायल दिन पुगेका युवकको भनाई छ ।
ट्रायलमा प्रयोग गरिएको सवारी साधनको प्राबिधिक समस्याको बारेमा आशंका गरिएको छ ।

पुराना,मर्मत संम्भार लामो समयदेखि नहुनु आदिका कारण पनि दुर्घटना हुने गरेको भनाई आईरहदा कतै गम्भीर दुर्घटना हुने गरि गाडी नरोकि अगाडी बढेको होकि भन्ने भनाई पनि छ । न्यू स्वर्गद्धारी ड्राईभिङ सेन्टरका सञ्चालक जिवन पोख्रेलले सवारी चालक अनुमति पत्र लिनका लागि ट्रायल दिई रहेका पारस शाक्यका कारण दुर्घटना भएको दावी गर्नुभयो । उक्त सवारी साधनको कम्जोरीका बारेमा आशंका गर्ने अबस्था नरहेको उहाँले दावी गर्नुभयो । तर यो भनाई प्रति प्रत्यक्षदर्शीले बिश्वास गर्दैनन् ।
यातायात ब्यबस्था कार्यालय तुलसीपुरका प्रमुख रमेश गौतम सीटि अस्पताल तुलसीपुरमा घाईते अबस्थतामा रहेकी बिजनलाई भेटगर्न बेलुकी पुग्नुभएको थियो । घाईतेका परिवारलाई उहाँले भन्नुभयो, नहुनुपर्ने घटना भयो,दुख ब्यक्त गर्दछु ।
प्रदेश सरकारको मातहतमा रहेको यातायात ब्यबस्था कार्यालयको यो अबस्थाका बारेमा भने लुम्बिनी प्रदेश सरकार अनभिज्ञ झै देखिएको छ । नियमन गर्ने निकायहरु समेत यातायात ब्यबस्था कार्यालयको क्रियाकलाप प्रति कानमा तेल हाल झै गरेको देखिन्छ ।
अस्तब्यस्त यातायात ब्यबस्था कार्यालय तुलसीपुर भन्ने शिर्षकमा समाचार पटक पटक प्रशारण तथा प्रकाशन हुदै आएका थिए । सवारी चालक अनुमिति पत्र ट्रायल दिने स्थानमा नै गम्भीर घाईते हुने गरी दुर्घटना हुनुले पनि यातायात ब्यबस्था कार्यालय र ट्रायलको निरिक्षण र परिक्षा ब्यबस्थापनमा खटिनेहरु माथि गम्भीर प्रस्न उठेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *