दाङ , २१ माघ ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियाेगमा पक्राउ परेका छन । रुन्टीगढी गाउँपालिका–९, रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेकाे अभियाेगमा नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बास बसेका नेपालीले आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *