ब्रेकिङ न्युज
Tue. Jun 2nd, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै

माघ २०,दाङ
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गत साउनदेखि माघको तेस्रो हप्तासम्म युरोलोजी सेवा लिनेको संख्या झण्डै एक हजार ७ सय पुगेको छ ।
ओपीडीबाट एक हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको प्रतिष्ठानका कायममुकाय निर्देशक डाक्टर रमेश कंडेलले जानकारी दिनुभयो ।
युरोलोजि सेवा जिल्लामा नहँुदा बिरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर प्रतिष्ठानमा सेवा विस्तार भएपछि अहिले बिरामीको समस्या समाधान र सहज भएको छ ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिनेलगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने युरोलोजीष्ट डाक्टर प्रबोध रेग्मीले बताउनुभयो ।

प्रतिष्ठानका सूचना अधिकरी निशानदाजु भट्टराईले युरोलोजी सेवा अन्तरगत साना तथा ठूला गरेर झण्डै २ सय जना बिरामीको सफल शल्यक्रिया भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *