सुशील बस्नेत दाङ,१८ माघ बिहीबार बिहानदेखि दाङ लागतय देशका बिभिन्न स्थानमा बिहानपखको सिमसिमे बर्षाका कारण चिसो महसुस भएको छ । तुलसीपुरमा माघ १३ गतेदेखि संचालनमा रहेको महायज्ञमा सिमसिमे पानीको प्रभाव पर्ने र दर्शानार्थीहरुको कमि हुने आशंका गरिएको थियो । पण्डालमा पानी चुहिने भन्दै त्रिपालको ब्यबस्थापन गरिएको थियो । मौसम पनि महायज्ञका लागि अनुकुल बन्दै गयो । तर दर्शानार्थीहरुको उपस्थीतिमा अन्य दिनको भन्दा थप बढदै गयो । प्रत्येक दिन बिहान ११ बजदेखि शुरु हुने कथा वाचन पनि समयमै शुरु भयो । आकाश पनि खुल्दै गयो । चिसो महासुस गरिएको दाङमा बिहीबार बिहान १० बजेसम्मको अधिक्तम तापक्रम १४ डिग्रीसेल्सीयस रहेको थियो । मध्यान्ह् १२ बजे सम्म १० लाख बढि संकलन छैठौ दिनमा दाताहरुको आर्थिक सहयोगमा बिहानैदेखि बृद्धि भएको छ । बिहीबार मध्यान्ह् १२ बजे सम्म १० लाख बढि नगद दान प्राप्त भएको छ । करिव १ घण्टाको अवधिमा नगद १० लाख ६ हजार २ सय २५ रुपैया आर्थिक सहयोग प्राप्त भएको आर्थिक उपसमितिले जनाएको हो । मनोरञ्जनमा सबै मस्त माघ १३ गतेदेखि २० गते सम्म तुलसीपुर स्थीत अरणीको मैदानमा शुरु गरिएको मावन सेवा आश्रम निर्माणार्थ सञ्चालन गरीएको महायज्ञमा दाताहरुको उत्साहजनक सहभागिता छ । भक्तजन÷दर्शनार्थीहरु पण्डालमा मनोरञ्जन गरि रहेका छन् । बिहीबार पण्डाल भरिभराउ छ । अधिकासं महिलाहरुको सहभागिता रहेको छ । प्रत्येक दिन बिहान योग,साकारात्मक सोच सम्बन्धि कक्षा सञ्चालन हुने गरेका छन् । त्यसपछि बिहान ११ बजेदेखि अपरान्ह् ४ बजे सम्म कथा वाचन र बेलुकी आरतीका साथ भजनकृत्तन हुने गरेका छन् । पाचौदिन बुधबार २ करोड ४८ लाख ६२ हजार ५ सय रुपैया नगद तथा संस्थागत प्रतिबद्धता प्राप्त भएको छ । संस्थागत प्रतिबद्धतामा सबैभन्दा बढि अहिले सम्म लायन्स क्लवले १ करोड २३ लाख र ब्यक्तिगत रुपमा तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्का,गोमा खडका र छोरा प्रशान्त खडकाले आश्रमको एउटा कोठा निर्माण गर्ने गरी ५ लाख ५ हजार ५ सय ५५ रुपैया प्रदान गर्नुभएको छ ।

