सुशील बस्नेत
दाङ,१८ माघ
दाङ लागतय देशका बिभिन्न स्थानमा बिहानपखको सिमसिमे बर्षाका कारण चिसो महसुस भएको छ । दाङमा बिहान १० बजेसम्मको अधिक्तम तापक्रम १४ डिग्रीसेल्सीयस रहेको छ । पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । जुम्ला,हुम्ला लगायतका जिल्लामा आज बिहान यस वर्षकै पहिलो हिमपात भएको छ । गएको वर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । ती जिल्लामा झण्डै आधा फिट हिउँ जमेको छ ।
ढिलोगरी सिमसिमे पानी पर्दा किसान खुसी भएका छन् । हिमाल तिर मपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका छन् ।
माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
माथिल्लो कर्णालीमा हिमपात शुरु भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । यसैबीच, हुम्लामा पनि गएरातिदेखि हिमपात भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । हिमपात भएसँगै किसान खुसी भएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अरु उच्च पहाडी भेगका केही ठाउँमा पनि हिमपात भएको छ ।

