चखौरा दाङ, बैशाख ३०

थारु समुदायले ३ वटै सरकारलाई थारु आदीबासी समुदायको पहिचान र संस्कृतिको संरक्षणमा गम्भीर बन्न अपिल गरेको छ ।
थारु समुदायको प्रथाजनीति संरचना मटाँवा, बरघर,भलमन्सा संघका उपाध्यक्ष धिरेन्द्र चौधरी, बेस संस्थाका कार्यबाहक अध्यक्ष यज्ञराज चौधरी, दाङ सांस्कृतिक संरक्षण केन्द्रका राजेश चौधरी र थारु कल्याणकारिणी सभाको तर्फबाट उपाध्यक्ष प्रभात चौधरीले संयुक्त रुपमा अपिल जारि गरि उक्त आग्रर गर्नुभएको हो ।
मटाँवा, बरघर,भलमन्सा संघका उपाध्यक्ष धिरेन्द्र चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बेस संस्थाका कार्यबाहक अध्यक्ष यज्ञराज चौधरीले अपिल प्रस्तुत गर्दै स्थानीय सरकारलाई अपिल गर्नुभयो । त्यस्तै, थातथलो नाम नविगार्न,टोलको नाममा अर्काको नाम,संस्था खडका नगर्न थातथलोको पुरानो ईतिहास नमेटाउन,थारु परम्रागत नाम र पहिचानलाई कायम गरी थारु समुदायको बाहुल्य भएकमो ठाँउमा थारु समुदायकै पारम्परिक संस्थाहरुलाई मान्यता दिन अपिल मार्फत आग्रह गरियो ।
यस्तै स्थानीय सरकारले थारुहरुको पहिचान,नाम र मान्यता मेटाउने कार्य गर्दै आएको देखिएको चारै संस्थाहरु कडा प्रतिवाद र चेतावनी सहित आन्दोलन गर्ने जानकारी गराउछौ,अपिलमा उल्लेख छ ।
यस्तै मटावा,बरघर,भलभन्सा बिधेयक पारित गरी थारु संस्कार, संस्कृति, खानपान, रीतिरिवाजलाई संरक्षण गर्दै स्वम थारुहरुलाई जिम्मा लगाउन केन्द्र सरकार,प्रदेश र स्थानीय सरकारसंग बिशेष अपिल गरिएको छ ।
यस्तै,जारी गरिएको संयुक्त मुख्य अपिलमा थारु आदीबासी परिवारले भ्वाज (बिबाह) संस्कारमा आफ्नो मौलिक संस्कारलाई अनुशरण गरे पुरस्कार प्रदान गर्ने भएको छ ।
थारु समुदायमा आफ्नो संस्कारदेखि बाहिरको ल्याईते संस्कारलाई ग्रहण गरेको देखिदै आएकोले यस्तो कार्यले सम्पूर्ण थारु सभ्यतालाई चुनौती दिएको र अवदेखि थारु समुदायले बिबाहमा आफनो परम्परागत शैली मात्रै अनुशगरण गर्न तथा अरुको नम्कल नगरी आफनै संस्कृतिलाई बनाउन प्रोत्साहन स्वरुप पुरस्कारको ब्यबस्था गरिएको अपिलमा उल्लेख गरिएको छ ।
अपिलमार्फत भनिएको छ, थारुहरुको आफनै बिशेषतालाई हरयागुरै, धरयागुरै,मर्नीकर्नी, भूह्यारथान पूजा, सामुहिक रीतिरिवाज जस्तै, अटवारी,चुकी खैना,भूटमर्ना, सामूहिक नाचगान र समूहमा गरिने आफ्नो परम्परालाई जीवित राख्न थारु समुदायलाई अपिल गरिएको छ । साथै थारु संस्कृति बचाउनका लागि अरुको धर्म अपनाउने होईन,आफ्नो धर्मलाई सम्मान र आदर्श मान्दै आएको उल्लेख गरिएको छ ।
यसअघि, ‘थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटावाँ–बरघर–भलमन्साहरूको अन्तर प्रदेशस्तरीय सम्मेलन र अनुभव आदान–प्रदान’ कार्यक्रम सोमबार पश्चिम दाङको चखौरामा सम्पन्न भएको छ ।
‘मटावाँ–बरघर–भलमन्सा संघ’ केन्द्रीय समितिको समन्वय तथा सहजिकरण र पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँके र सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको संयुक्त आयोजनामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका ७ सय जनाको सहभागितामा मटावाँ–बरघर–भलमन्साहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको संघका केन्द्रीय महासचिव मथुरा प्रसाद चौधरीले जानकारी दिनुभएको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *