सुशील बस्नेत
तुलसीपुर बैशाख ३०

संबैधानिक परिषदले सर्बोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस प्रक्रियाले न्याय सम्पादनमा असर परेको ठहर उच्च अदालत बार एशोसिएसन तुलसीपुरले जनाएको छ ।
बार एकाईको मंगलबार तुलसीपुरमा सम्पन्न बैठकले संबैधानिक परिषद्को सिफारिसबाट प्रधानन्यायाधीशमा नाम सिफारिस गरिएको प्रक्रियाबाट समग्र न्यायपालिका र न्यायिक प्रक्रियामा परेको गम्भिर असर प्रति आफनो ध्यायनकर्षण भएको जनाएको छ ।
साथै यस प्रकारको प्रभाबबाट मुक्त रही न्याय सम्पादन कार्यक्रमा अघि बढ्न न्यायाधीश, कानुन ब्यबसायी र न्यायका उपभोक्तालाई दृढतापूर्वक लागि पर्न समेत आग्रह गरिएको छ ।
नेपाल बार एशोसिएसनले बैशाख २८ गते संबैधानिक परिषद्ले गरेको निर्णय तथा प्रक्रियाका सम्बन्धमा राय सुझाब माग भएबमोजिम मंगलबार बसेको बार एकाईको बैठकले नेपालको संबिधान र प्रचलित कानुन बमोजिम नै रहेको ठहर गर्दै राय सुझाब पठाईएको अध्यक्ष गौतम र सचिव सचिव भुवनेश्वर शर्मा द्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत जारि गर्नुभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । गत बैशाख २४ गते सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा संवैधानिक परिषद्को बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा नाम अघि सारेको थियो । वरियाताक्रममा पहिलो स्थानमा का.वा. प्रधानन्यायाधीश सपना प्रधान मल्ल र चौथो स्थानमा प्रस्तावित प्रधानन्यायाधीशमा नाम अघि सारिएका डा. शर्मा रहेको जनाएको थियो ।
यस्तै, गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनबाट पछि न्याय सम्पादन प्रक्रियामा असर परेको अध्यक्ष गौतमले बताउनुभयो । न्याय सम्पादनमा प्रत्यक्ष रुपमा संलग्न रहनुहुने न्यायाधीश,कानुन ब्यबसायी लगायतले अहिलेको अबस्थामा आईपुग्दा समेत असुरक्षित महसुस गरिरहेको उहाँले बताउनुभयो । त्यसकारण सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराईदिन समेत बारका अध्यक्ष गौतमले आग्रह गर्नुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *