प्रबृत्ति शाह
तुलसीपुर,फागुण २
माध्यामिक बिद्यालय बालापुर दाङमा प्रतिक्षालय निर्माण गरिएको छ । बिद्यालयको प्राङगणको एक छेउमा सुन्दर प्रतिक्षालय निर्माण गरिएको हो । प्रतिक्षालय निर्माणका लागि तुलसीपुर क्षेत्रका बिभिन्न सहयोगी दाताबाट सहयोग लिएको प्रतिक्षालय निर्माण समितिका संयोजक निर्मल नेपालीले जानकारी दिनुभयो । बिद्यालयको प्राङगणमा निर्माण गरिएको यस प्रतिक्षालयले अतिथी तथा आगन्तुकका साथै शिक्षक बिद्यार्थीका लागि घामपानी छल्न र बिश्रामका लागि सहयोग पुग्ने नेपालीले जानकारी दिनुभयो ।
२ लाख ९७ हजार रुपैया नगद आर्थिक संकलन भएकोमा प्रतिक्षालय निर्माण पछि बचत रकमले स्कुल बस र मोटरसाईकल ग्यारेज बनाइएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक केसीले जानकारी दिनुभयो । बिद्यालयका लागि अतिनै आबश्यक रहेको प्रतिक्षालय निर्माण सँगै कम खर्चमा बचत रकमले बस र मोटरसाईकल ग्यारेज समेत निर्माण गरिएको बिद्यालयका प्रधानाध्यापक गणेशमान खडकाले जानकारी दिनुभयो ।
सहयोगीदाताको रकमले बालापुरमा प्रतिक्षालय निर्माण

