मलै,४ फागुन
पश्चिम दाङलाई बिकासको हिसावले कर्णाली भनेर चिनिन्छ । स्वास्थ्य,शिक्षा,सडक,सिचाई र पिउने पानी मात्र होईन मोवाईल प्रयोगमा समेत समस्या रहेको छ । बबई गाँउपालिका वडा नम्वर १ कप्तानेमा राखिएको बिटिएस टावरले काम नै नगर्दा डाँडामा बसेर सम्पर्क गर्नुपर्ने बाध्यता लामो सयमदेखि छ,स्थानीय नोखिराम बस्नेतले बताउनुभयो । कप्तानेमा राखेको बिटीएस टावरले पूर्वमा मलैको देउकी सम्म काम गर्ने भनि जडान गरिएको हो,तर काम नगर्दा निकै दुख पाएका छौ बस्नेतले बन्नुभयो । बर्षदिन भयो, मर्मत गर्न टेलिकमले वास्ता नै गर्दैन,चुरे फेदीमा रहेका हामी नागरिकलाई समस्यै समस्याका चाङ छन् ।
कसैलाई सम्पर्क गर्नुपर्ने भए पहिले नै डाँडामा गएर सम्पर्क गर्नुपर्ने बाध्यता छ,स्थानीय महाबिर नेपालीले बताउनुभयो । चुनाव आएको छ, प्रचार प्रसारमा ठुला ठुला कुराहरु भनिन्छ,तर अहिलेको जमानमा मोवाईल समेत नलाग्ने ठाँउ हाम्रो छ ।
अर्का स्थानीयले भन्नुभयो,टेलिकमलाई खवर गरेको पनि पटक पटक हो, नेताले त वास्ता गर्दैनन् कर्मचारीले समेत यस क्षेत्रलाई प्राथमिकतामा राख्दैनन,हामी निकै पीडामा छौ । झण्डै ४ हजार भन्दा बढि मोवाईल प्रयोग कर्ताले घरबाट डाँडामा गएर सम्पर्क गर्नुपर्ने बाध्यता लामो समयदेखि भएको उनीहरुको भनाई छ ।
पश्चिम दाङमा मोवाईलको टावरले काम गर्दैन

