५ पुस

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औ बार्षिक साधारण सभा तथा कार्य परिषद् बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुदै नगरप्रमुख खड्काले तुलसीपुर खानेपानी संस्थाको कार्य सम्पादन प्रति खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय नेपालगञ्जका प्रमुख देबेन्द्र कुमार झाले आफ्नो कार्यालयबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा राष्ट्रिय साना सहरी खानेपानी तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष खेमराज वली, तुलसीपुर उृपमहानरपालिका वडा नम्वर ६ का अध्यक्ष दुजमान भण्डारी,वडा नम्वर ७ का अध्यक्ष रामबहादुर जिसी,राष्ट्रिय साना सहरी खानेपानी तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सल्लाहकार चोपप्रसाद धिताल,नेपाली काग्रेस तुलसीपुर नगरकमिटिका सभापति सुरेश हमाल,नेकपाका रुद्ध्र वली, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ईश्वरी गैरे, अमृतपुर खानेपानीका उपाध्यक्ष केशव सापकोटा, घोराही खानेपानीका कोषाध्यक्ष ध्रुव के.सी.,सल्यान खानेपानीका केशव बुढाथोकी, मानव अधिकार तथा शान्ति समाजका पूर्व बरिष्ठ उपसभापति सुशील बस्नेत, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपन्द्र बस्नेत, तुलसीपुर खानेपानीका सल्लाहकार जनक खराल, पार्षदहरु सुशीला सुबेदी र मान बहादुर के.सी. लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरीएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *