दुब्यर्सनी बिरुद्ध किशोर किशोरीलाई बिद्यालय केन्द्रित कार्यक्रम

तुलसीपुर पौष ४

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ ले दुब्र्यसन बिरुद्ध बिद्यालय केन्द्रित अभियान सञ्चालन गरेको छ । वडा नम्वर २ का सामुदायिक तथा नीजि बिद्यालयका बिद्यार्थीहरुलाई दुब्यर्सनी बिरुद्ध सचेतना दिन अभियान सञ्चालन गरिएको वडा अध्यक्ष भिमबहादुर योगीले जानकारी दिनुभयो । कक्षा ८ देखि १० सम्म अध्ययनरत किशोर किशोरीलाई दुब्यर्सनी हुदा शैक्षिक,स्वास्थ्य,सामाजिक र आर्थिक रुपमा पार्ने नकारात्मक प्रभाबका बारेमा जानकारी गराईएको आयोजक तुलसी सामाजिक बिकास केन्द्रका अध्यक्ष ओझ बहादुर भण्डारी गणेशले जानकारी दिनुभयो । वडा नम्वर २ को जनप्रीय ईङगलीस स्कुल बालापुरबाट अभियानको सुभारम्भ गरिएको वडा सदस्य मोहनलाल डाँगीले जानकारी दिनुभयो ।
आयोजक तुलसी सामाजिक बिकास केन्द्रका अध्यक्ष ओझबहादुर भण्डारी गणेशको अध्यक्षता र वडा नम्वर २ का अध्यक्ष भीमबहादुर योगीको प्रमुख आथित्यतामा बुधबार जनप्रीय ईङगलीस स्कुल बालापुरमा किशोर किशोरीहरुका लागि एक दिने अभियान आयोजना गरिएको थियो । बिद्यालयका प्रधानाध्यक प्रकाश कुमार शर्माले दुब्र्यसन बिरुद्धको अभियानले यो उमेर समुहका किशोर किशोरीलाई सकारात्मक मार्ग लैजान ठुलो मद्धत गरेको बताउनुभयो । अभिमुखिकरणमा ९० जना बालबालिकाकाहरुको सहभागिता रहेको थियो । यस्तै, बिहीबार वडा नम्वर २ को चन्द्र ज्यौति ईङगलीश स्कुलमा समेत एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । उक्त बिद्यालयका प्रधानाध्यपक नरेश के.सी.ले बिद्यार्थीहरुका लागि स्थानीय सरकारले सञ्चालन गरेको यसप्रकारको अभिमुखिकरणले निकै राम्रो प्रभाव पार्ने बिश्वास ब्यक्त गर्नुभयो । अभिमुखिकरणको प्रशिक्षकमा अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत र तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्धन शाखाका बिमल के.सी. हुनुहुन्छ भने औपचारिक कार्यक्रमको सञ्चालन तुलसी सामाजिक विकास केन्द्रका सदस्य प्रेणा परियारले गर्नुभएको थियो । अभियानमुखि यो कार्यक्रम उक्त वडाका बिभिन्न स्कुलमा गरिने जानकारी गराईएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *