दाङ भ्याली यातायात हापुरेको अधिवेशन सम्पन्न, उत्कृष्ठ चालक सम्मानित

दाङ भ्याली यातायात प्रा.लि. हापुरे शाखाको अधिवेशन तथा ब्यवसायीक भेला पश्चिम दाङको चिसापानीमा सम्पन्न भएको छ । भेलाले शाखाको संयोजकमा सुकदेव बि.क, सह-संयोजकमा टेक बहादुर डाँगी र सदस्यमा मान बहादुर वि.कलाई सर्वसम्मत रूपमा चयन गरेको छ भने दुई जना सल्लाहकार पछि मनोनित गरिने बताइएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्र महराले सवारी दुर्घटना न्युनिकरण गर्न चालकहरुले अहम भुमिका खेल्नुपर्ने बताउनुभएको थियो । चालकको लापरवाहीले हुने दुर्घटनाको दर शुन्यमा झार्नुपर्ने उहाँले चालकलाई सुझाब दिनुभयो । यस्तै संस्थाले ब्यवसायिक हकहितका निम्ती गरिरहेका काम कारवाहीका बिषयमा समेत उहाँले प्रकाश पार्नुभएको थियो ।
यस्तै कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट खिलतपुरका इन्चार्ज हेमराज डाँगीले अटो चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका शाखा सह-संयोजक टेक बहादुर डाँगी, वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर रेउले लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । संस्थाका संरक्षक तथा निवर्तमान अध्यक्ष बेत प्रकाश वलीको स्वागत मन्तब्यबाट शरु भएको कार्यक्रमको सञ्चालन हापुरे शाखा संयोजक सुकदेव वि.कले गर्नुभएको थियो ।

उत्कृष्ठ चालक सम्मानित
सो अवसरमा पश्चिम दाङ हापुरेका यातायात व्यवसायी पोखराज डाँगीलाई संस्थाले उत्कृष्ठ चालकको रूपमा सम्मानित गरेको छ । सवारी दुर्घटना नगरेका, ट्राफिक कारबाहीमा नपरेका, सम्पूर्ण कागजपत्र भएका र संस्थागत नियमहरूको परिपालना गर्ने लगायतका मापदण्ड अनुसार चालकहरुलाई संस्थाले विभिन्न समयमा प्रोत्साहन गर्न सम्मानित गर्ने गरेको छ । यस्ता सम्मानित कामहरुले चालकहरुमा हौसला प्रदान हुने सवारी दुर्घटना न्युनिकरणमा केही भुमिका खेल्ने संस्थाको बिश्वास छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *