तुलसीपुर,१३ पुस
मानव अधिकार तथा शान्ति समाजले एनसेल महाघोटाला बिरुद्ध दाङमा प्रदर्शन गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङ,घोराहीको मुख्यद्धारामा शुक्रबार शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको हो ।
एनसेल महाघोटाला प्रकरण ः देशलाई झण्डै ३ खर्व रुपैया हानी पुरयाउने चलखेल राज्य बिरुद्धको अपराध हो भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन गरिएको शान्ति समाज दाङ शाखाका सभापति कोमल डिसीले जानकारी दिनुभयो । बिश्वसनीय न्यायीक छानविन आयोग गठन गर । एनसेल महाघोला प्रकरणमा संलग्न प्रधानमन्त्री÷पूर्वप्रधानमन्त्री लगायत जो कोही हुन, कानून सम्मत कारबाही गर लगायत लेखिएका प्ले कार्ड सहित बिरोध प्रदर्शन गरिएको हो ।
त्यस्तै भ्रष्टाचारको धमिराले लोकतन्त्र खाईसक्यो,शिर्ष नेताको नयाँ धाम ः भ्रष्टाचारको सिंगापुर आयाम,भ्रष्टाचारमा शुन्य सहनशिलता केवल नारा ः देशल ाई खरवौ नोक्सान पार्ने शिर्ष नेताको पारा लगायतका प्ले कार्ड सहित बिरोध प्रदर्शन गरिएको थियो ।
बिरोध प्रदर्शन कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली,जिवा भुषाल लगायतले सम्म्बोध गर्नुभएको थियो । शाखाका सभापति कोमल डिसीको सभापतित्वमा जिल्ला प्रशासन कार्यालय दाङ घोराहीको मुलद्धारा अगाडी भएको बिरोध प्रदर्शनमा निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय सदस्य तुलसीराम सुनार,शाखा सचिव अमृत प्रसाद शर्मा,कोषाध्यक्ष यज्ञ बिक,सदस्य माधव बस्नेत,रजनी शाह र निर्मला गौतम,जिवा भूषाल,पुजा योगी,पूर्णनाथ योगी,सीता बिक लगायतको सहभागिता थियो । शान्ति समाजले भ्रष्टाचार बिरुद्ध बिभिन्न जिल्लामा प्रदर्शन गर्दै आएको छ भने राजधानी काठमाण्डौमा गिरफ्तारी समेत भएको छ ।
