श्रावण २३, २०८२
इजरायल सरकारले विपिन जोशीको रिहाइका लागि उनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघ लैजाने तयारी गरेको छ। हमास आक्रमणमा १२ सय मारिएका थिए भने विपिनसहित २५१ जना बन्धक बनाइएका थिए । इजरायलले प्यालेस्टाइनमा हमला गर्दा ६० हजारभन्दा बढी मारिएका छन् । उनीहरूमध्ये १८ हजार ५ सय बालबालिका र ९ हजार ७ सय महिला छन् ।
विपिनका आमा र बहिनीको कागजातको काम सकिएको र छिट्टै इजरायल झिकाइने जानकारी प्राप्त भएको छ। विपिनको रिहाइका लागि इजरायलले अमेरिकी राष्ट्रपतिसँग भेट गराउने योजना बनाएको छ। इजरायल सरकारले प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाउने र संयुक्त राष्ट्रसंघसम्म पुर्याउने तयारी गरेको छ । उनीहरूको भिसालगायतका कागजातको काम सकिएको र छिट्टै झिकाइने विदेश मन्त्रालयका अधिकारीले बताएका छन् । राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गराउन अमेरिका पठाउने इजरायल सरकारले योजना बनाएको छ । ‘विपिनको रिहाइका लागि राष्ट्रसंघमार्फत पहल र दबाबका लागि आग्रह गर्ने र अमेरिकी राष्ट्रपतिसँग पनि भेट गराउने योजना रहेका विदेश मन्त्रालयका मध्य–पूर्वी एसिया विभागका प्रमुख सागी कार्नीले जानकारी दिनुभयो।
हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना मात्र जीवित रहेको अनुमान गरिएको कार्नीले बताउनुभयो ।

