ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

फागुन १७ गते

ईरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको पुष्टी भएको छ । इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै खामेनीको मृत्यु भएको पुष्टी गरेका ुह
हुन । उहाँको निधनमा ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताउनुभएको थियो । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभएको थियो ।
तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले खामेनीको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *