Tue. May 5th, 2026

तुलसीपुर,८ असार

दंङिगशरण गाँउपालिका वडा नम्वर ६ मा अपाङगता भएका ब्यक्तिलाई तीन दिने अभिमुखिकरण तालिम दिन आज आईतबारदेखि शुरु गरीएको छ । वडा नम्वर ६ को आयोजनमा सामुदायिक स्वास्थ्य केन्द्र प्रसडुवामा तालिमको आयोजना गरीएको वडा नम्वर ६ का अध्यक्ष रोषण शाहले जानकारी दिनुभयो । तालिममा अपाङता भएका ब्यक्तिहरुका लागि गरिएका कानूनी ब्यबस्था, अन्तराष्ट्रिय प्राबधान, नेपालको संबैधानिक ब्यबस्था,सरकारी तथा सार्वजनिक क्षेत्रबाट अपाङगता भएका ब्यक्तिका लागि दिईने सेवा सुबिधा लगायतका बिषयमा तालिम दिन शुरु गरिएकोे वडा नम्वर ६ का सचिव प्रेम चौधरीले जानकारी दिनुभयो ।
तालिममा वडा नम्वर ६ का २० बढि महिला तथा पुरुषको सहभागिता रहेको छ । तालिम उद्घाटन अपाङ समिति वडा नम्वर ६ का अध्यक्ष रुपलाल चौधरीको अध्यक्षतामा भएको थियो । तालिमको प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत हुनुहुन्छ । उद्घाटन सत्रको सञ्चालन वडा नम्वर ६ का सचिव प्रेम चौधरीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *