प्रबृत्ति शाह । पुजा गुप्ता
तुलसीपुर,८ असार

तुलसीपुर उपमहानगरपालिकाको १७ औ अधिवेशनमा आज आईतबार नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । सम्बृद्ध तुलसीपुर सबैका लागि ,सधैका लागि भन्ने नाराका साथ नगरप्रमुख टीकाराम खड्काले आर्थिक बर्ष २०८२। ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रमको कृषि सेवालाई पहिलो प्राथमिकतामा प्रस्तुत गरिएको छ । जसमा कृषक र कृषि जमिनको विवरण डिजिटल रुपमा अभिलेख राख्न कृषि सूचना प्रणालीको विकास गरिनेछ । अनुदान तथा सेवाको वितरण र प्रभाबकारिता बनाउन,सूचना मोवाईल एप, एस एम एस र वेवपोर्टलको सुझाब गरिने छ ।
बाली ब्यबस्थापन,मल तथा कोटा ब्यबस्थापन,उत्पादन प्रबिधि,कषि यान्त्रीकरण,जैविक खेति आदि बिषयमा ज्ञान र सीप बृद्धि गर्न कृषयकहरुलाई सिपमुलक तालिमको ब्यबस्था गरिनेछ । कृषि सेवा तर्फ २२ वटा बुदाँहरु समेटिएका छन् । पशु सेवा तर्फ १७ वटा बुँदा रहेका छन् जस्मा वडा नम्व्र ३, ११ र १४ मा स्थापना भएका पशु सेवा केन्द्रहरुको सेवालाई प्रभाबकारी गराईनेछ । र आबश्यकताको आधारमा थप पायक पर्ने स्थापना पशु सेवा केन्द्र स्थापना गरिनेछ ।
पशुहरुको नश्ल सुधारका माध्यमबा उत्पादन एवम उत्पादकत्व बृद्धिका लागी कृषकहरुलाई नि शुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरिनेछ ।
सहकारी तथा रोजगार प्रबद्र्धन तर्फ बुँदा ४० देखि ५० सम्म प्रस्तुत गरिएको छ । जसमा सवल सहकारी, बढाउने छ रोजगारी अभियानसँग जोडी सहकारी संघसंस्थालाई स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रवद्र्धन,भण्डारण,प्याकेजिङ र बजारीकृायका लागि प्रोत्साहन गरिनेछ । एक सहकारी एक उत्पादन नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याईने छ । पर्यन तथा संस्कृति प्रबद्र्धन नीति बुदाँ नम्वर ५१ देखि ५५ सम्म उल्लेख गरिएको छ । बुदाँ नम्वर ५१ मा आन्तरिक तथा बाह्य पर्यन प्रबर्धन गर्न पर्यन विकास गूरु योजना निर्माण गरि पर्यटकीय क्षेत्रको विकास गरिनेछ । साथै होमस्ेको ब्यबस्थापन,तालिम,अनुदान,अनुगमनका कार्यक्रमलाई प्रभाबकारी रुपमा अघि बढाईनेछ । स्थानीय रैथाने परिकारहरुको संरक्षण गर्न पर्यटकीय मेला महोत्वसवको ब्यबस्थापनमा टेवा पुरयाईनेछ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका बिभिन्न तालतैलया नदीहरुमा जलयात्रा सञ्चालन गरी आन्तरीक तथा बाह्र पर्यटनको प्रबर्धन गरिनेछ । उद्योग ब्यबसाय,श्रम,रोजगारी,गरिवी निवारण तथा उपभोक्ता हित संरक्षणका बिषयमा बुदाँ नम्वर ५७देखि बुदाँ नम्वर ६० सम्म प्रस्तुत गरिएको छ । जसमा उद्यमशीलता मार्फत रोजगारी बृद्धि गरी तुलसीपुको स्मृद्धिको नीतिलाई आत्मसात गरी उद्यमशीलता प्रर्वद्धन कार्यक्रमहरु सञ्चालन गरिनेछ । लैङिक हिंसामा परेका समूह,द्धन्द पीडित,अपाङगता भएका ब्यक्तिहरु लगायत समाजमा पिछडिएका दलित तथा एकल महिलाहरु र कैदी महिलाहरुका ल ागि सिप विकास सम्बन्धी तालिम सञ्चालन गरी सिप,क्षमताको विकास र आत्मर्निभर बन्न प्रेरित गरिनेछ ।
सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद विकास तर्फ बुदाँ नम्वर ६१ देखि १०४ सम्म उल्लेख गरिएको छ । जसमा बुदाँ नम्वर ६९ मा बिद्यालय उमेर समुहका सबै बालबालिकाहरुलाई बिद्यालय भित्रयाउने,सिकाउने र टिकाउने अभियानलार्य प्रोत्साहनमूलक कार्यक्रम सहितको निरन्तरता दिईनेछ । किताव बिहीन कक्षाको अवधारणा अनुरुप बिद्यालयमा प्रत्यके साताको एक दिन हकार्यकलाप एवम अतिरिक्त क्रियाकलपा अन्तर्गत सीपमुलक कार्यक्रम प्रदान गरीने ब्यबस्था मिलाईनेछ ।
स्वास्थ्य पोषण तथा खानेपानी तर्फ १०५ नम्वर बुदाँमा नेपालको संबिधानको धारा ३५ मा ब्यबस्था भए बमोजिम मौलिक हकको रुपमा रहेको गुणस्तरीय आधारभूत स्वास्थ्य तथा पोषण सेवालई सबै वडाका बस्तीहरुमा बसोबास गर्ने नागरीक तथा समुदाय सम्म सहज पहँचमा पुग्नेगरी प्रभावकारी रुपमा उपलब्ध गराईने छ । भबिष्यमा आउन सक्ने कोभिड तथा महामारी रोगको जोखिम बा नागरिकलाई सुरक्षिक गर्न अस्पतालाई स्थानीय स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको रुपमा बिकास गरिने छ । स्वास्थ्य क्षेत्र तर्फ १३१ बुदाँ सम्म बिभिन्न बिषय उल्लेख गरिएको छ । त्यस्तै सामाजिक समावेशिकरण तर्फ बुदाँ नम्वर १३२ देखि शुरु गरि १३६ सम्म बिभिन्न बिषय समेटिएको छ । जसमा महिलाहरुलाई आर्थिक गतिविधिमा संलग्न गराई कुल ग्राहस्थ उत्पादनमा महिलाको योगदान अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकालाई बालश्रम मूक्त सडक बालबालिका र सडक मानव मुक्त नगर बनाईनेछ । तुलसीपुर उपमहानगरपालिकालाई लौङिकमैत्री,अपाङमैत्री तथा बालमैत्री उपमहानगरको रुपमा विकास गर्न आबश्यक क्रियाकलापहरु सञ्चालन गरिनेछ । प्रस्तुत नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते आर्थिक बर्ष २०८२।८३ को बार्षिक बजेट प्रस्तुत हुनेछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *